काँग्रेसको दोस्र्रो चरणको ‘जागरण अभियान’ भदौ २४ देखि,कपिलवस्तुमा नया संचरना अनुसार संगठनको जिम्मेवारी प्रदान

702

काँग्रेसको दोस्र्रो चरणको ‘जागरण अभियान’ भदौ २४ देखि,कपिलवस्तुमा नया संचरना अनुसार संगठनको जिम्मेवारी प्रदान

कपिलवस्तु ,१८ भदौ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बैठकले नया संचरना अनुसार पार्टीको संगठन जिम्मेवारी प्रदान गरेको छ । संसदीय र प्रदेश स्तरको समिति गठन गरी नया संचरना अनुसार पार्टीको संगठन जिम्मेवारी प्रदान गरेको सचिव महेन्द्र पाठकले बताउनु भयो ।

नेपाली काँग्रेसको दोस्रो चरणको ‘राष्ट्रिय जागरण अभियान’ को भदौ २४ गते देखि शुरु हुदै छ । यसैक्रममा नेपाली काँग्रेस कपिलवस्तुले राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्ने तयारी गरेको नेपाली काँग्रेस कपिलवस्तुका सदस्य रवि बहादुर काफ्लेले जानकारी गराउनु भयो ।

राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन नेपाली काँग्रेस कपिलवस्तुमा नयाँ संरचना अनुसार संगठन बिस्तार गरिएको छ । संसदीय क्षेत्र नम्बर १ को पार्टी सभापतिमा अब्दुल मन्नान खा, २ मा केशव कुमार श्रेष्ठ र ३ मा अकिल मिया रहेका छन । यस्तै क्षेत्र नम्बर १ को –क) को सभापतिमा शालिकराम चौधरी, (ख) मा बलीउद्दीन मुसलमान, २ को –क) मा राजेश्वर सिंह र (ख) मा गिरीजेश पाण्डे तथा ३ को (क) मा जयन्त्री प्रसाद चौधरी र (ख) मा बिनय गिरीलाई चयन गरेको काफ्लेले जानकारी गराउनु भयो ।

काँग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते विपी जयन्तिको अवसर पारेर सुभारम्भ हुनेछ । असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा संचालन हुने नेपाली काँग्रेसले जनाएको छ ।

यस्तै द्धन्दकालका बिभिन्न घटनाहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सत्तारुढ दलले षडयन्त्रपुर्वक फसाउन खोजेकोले त्यसको दवाव स्वारुप बिभिन्न सचेतना र दवावमुलक कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ ।

पार्टी सभापति सुरेन्द्रराज आचार्यले पार्टी नया संचाना अनुसार गठन भएकोले अब सशक्त रुपमा अघि बढने बताउनु भयो । उहाँले पार्टीका सबै नेता र कार्यकर्ताहरुलाई एक ढिक्का भएर अघि बढन आग्रह गर्नुभयो । जिम्मेवारी दिएका पदाधीकारीहरुले आफ्नो क्षेत्रमा पार्टीका गतिविधी तथा जनताका समस्या बुझेर समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएको छ । अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन गर्ने पनि बताएको छ ।

हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत संचाचलन हुने सो राष्ट्रिय जागरण अभियान अन्तरगतको तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा आगामी पुस ७ गते सूरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने काँग्रेसले जनाएको छ ।

३ वटा क्षेत्र रहेको कपिलवस्तुमा भदौ २१ गते क्षेत्र नम्बर १ मा बैठक बस्ने, २२ गते क्षेत्र नम्बर २ मा बैठक बस्ने र २३ गते क्षेत्र नम्बर ३ मा बैठक बसेर एक महिने जागरण अभियानको खाका बनाईने काफ्लेले जानकारी गराउनु भयो ।