बेल्जियमका सुरक्षा अधिकारीहरुले कम्तिमा दुइ खतरनाक आतंककारीहरुलाई राजधानी ब्रसेल्समा खोजिरहेका छन | ब्रसेल्स क्षेत्रमा पर्ने स्कारबेकका नगरप्रमुख क्लेर्फीटले आज संचार माध्यमहरु संग बोल्दै उक्त कुरा बतायका हुन् | जसमा खोजि गरियका आतंककारी मध्य एक सलाह अब्देसलाम रहेका छन | पेरिस आक्रमण पछि सलाम सिधै बेल्जियम आयको यहाका सुरक्षा अधिकारीहरुलाई उधृत गर्दै संचार माध्यमहरुले प्रस्ट पारेका हुन् |
‘यहा सुरक्षा स्थित धेरै खतरा बिन्दुमा पुगेको हामीले प्रधान मन्त्रीको मुख बाट सुनिसकेका छौ |ब्रसेल्स क्षेत्रमा दुइ खतरनाक आतंककारी रहेको र जुनसुकै खतरनाक कार्य गर्ने सक्ने अनुमान रहेको छ |’क्लेर्फीटले भने ”हामि सबै तिरबाट चनाखो रहिरहनु जरुरि रहेको छ |जब सम्म खतरा मुक्त हुदैनौ तबसम्म सबैजना धेरै होसियार हुनुपर्दछ |’
केहि दिन अगाडी पेरिस घटनाका मुख्य आतंककारी सलाह अब्देसलामका दाजुलाइ छानबिनका लागि यहाका सुरक्षा अधिकारीहरुले घरबाटै पक्राउ गरेका थिय | आज बेल्जियम स्थित एक टेलिभिजनलाइ अन्तर्वार्ता दिदै उनले आफ्नो भाई जेलमा रहोस भनेर चाहेको बतायका छन | ‘पेरिस आक्रमण हुनु भन्दा अघिल्लो दिन आफ्नो भाइको बारेमा कुनै खबर सुचना समेत पायको थियन |उ जानु भन्दा ३ दिन अघि मात्रै उ संग मेरो भेट भयको थियो | तर अन्य कुनै संकेत देखियको थियन |मेरो सबै कुराहरु भाईसंग हुने गर्थ्यो |’उनले भने ‘भाइलाई हामीले नै संरक्षण दियको भनेर चौतर्फी दबाब आयको छ |पेरिस घटना बाट हामि सबै दुखि छौ ,आस छ यो अन्धकार इतिहासको अन्त्य छिट्टै हुनेछ |मेरो भाई जेलमा परेको मा छिट्टै देख्न पाउनेछु ‘|
हिजो देखि यूरोपियन राजधानी ब्रसेल्सलाइ सबैभन्दा धेरै सुरक्षा खतराको स्तर ‘४’ मा राखियको थियो | बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिसेलले जारि गरेको बिज्ञप्तिमा सुरक्षा खतराको स्तर वृद्धि गरियको जनाईयकोथियो भने ब्रसेल्समा सबै ठाउहरुमा सेना परिचालन गरियको छ | पेरिसमा घटेको घटना जस्तै हुन सक्ने भन्दै सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन |अन्तर्राष्ट्रिय ट्रेनका यात्रीहरूको परिचय-पत्र जाँच र सामान जाँच गरिएको छ । अहिले ब्रसेल्स सहर सुनसान रहेको छ | मानिसहरुको आवतजावत सुन्य जस्तै रहेको छ भने सबै पसलहरु बन्द रहेका छन | सडकमा सैनिक र प्रहरीहरु मात्रै रहेका छन | सधै चहलपहल भइराख्ने शहर हिजोदेखि भूतको सहरमा परिणत भयको छ |अहिले ब्रसेल्सलाइ धेरैले भूतको सहर भनेर टिकाटिप्पणी गर्न थालेका यहा स्थित बिभिन्न संचारमध्यमहरुले बतायका छन |