प्रधानमन्त्री केपी ओली स्वदेश फिर्ता

638

प्रधानमन्त्री केपी ओली स्वदेश फिर्ता

काठमाण्डौ, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किनु भएको छ । प्रधानमन्त्री ओली स्वास्थ्य उपचारकालागि यहि भदौ ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
स्वदेश फर्किने क्रममा उहाँलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत पुग्नु भएको थियो । प्रधानमन्त्री ओलीले बिमानस्थलमा पत्रकारहरुलाई कुनै प्रतिक्रिया भने दिनुभएन ।