रुपन्देहीमा बालिका अपहरण गर्ने भारतीय नागरिक मनिस निगम पक्राउ

1.4K

रुपन्देहीमा बालिका अपहरण गर्ने भारतीय नागरिक मनिस निगम पक्राउ

बुटवल, २० भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकामा बालिका अपहरण गरेको अभियोगमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । रोहिणी गाउँपालिका वडा नं. २ बैकुण्ठपुरका ३० वर्षीय (परिवर्तित नाम) असफाक अहमद खानकी पाँच वर्षीय छोरी अपहरण गरेको अभियोगमा जिल्ला महाराजगञ्ज थाना निच्लौल ग्राम मिठौराबजार भारतका २३ वर्षीय मनिस निगमलाई प्रहरीले पक्राउ गरेको हो ।
रोहिणी गाउँपालिका वडा नं. २ बैकुण्ठपुरका खानकी छोरी आफ्नै घर आँगनमा खेलीरहेको बेला शुक्रबार बिहान करिव साढे आठ बजेको समयमा हराएकी थिईन् । बालिका हराएपछि खोजी गर्ने क्रममा घर नजिकैको रोहिणी पुल नजिकैको जंगलबाट बिहान १० बजेको समयमा बालिकालाई सकुशल उद्धार गर्नुका साथै उपहरण गर्ने भारतीय नागरिक मनिसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार मनिसले अपहरण गरेकी बालिकाको मुख थुनेर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीका अनुसार जिल्ला महाराजगञ्ज थाना निच्लौल ग्राम मिठौराबजार भारतका फूलचन्द्र निगमका छोरा विगत एक वर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ कोटिहवामा डेरा गरी पेन्टरको काम गर्दै आएको थियो । पक्राउ परेको निगममाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।