मानव वेचविखन जघन्य अपराधः नियन्त्रणकालागि सवै जुट्न जरुरी

601

मानव वेचविखन जघन्य अपराधः नियन्त्रणकालागि सवै जुट्न जरुरी

बुटवल २० भदौ । मानव वेचविखनलाई जघन्य अपराधका रुपमा लिदै नियन्त्रणका लागि सवैको समन्वय जरुरी रहेको एक कार्यक्रममा वोल्नेहरुले जोड दिएका छन् । उनीहरुले मानव वेचविखनको अन्त्य नहुदाँसम्म राज्यमा सुशासनको प्रत्याभुती हुन नसक्ने धारणा समेत राखेका थिए ।
मानव वेच विखन विरुद्धको १३ औ राष्ट्रिय दिवस २०७६ को अवसरमा शुक्रवार बुटवलमा आयोजना गरिएको जनचेतना ¥यालीपछि आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले मानव वेचविखन गर्नेलाई समाजवाट वहिष्कार गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले मानव वेचविखन विरुद्धका नारालाई आत्मसाथ गरि व्यवहारमा कार्यान्वयन गर्न जरुरी रहेको औल्याउनु भयो । उहाँले प्रहरी, नागरिक समाज, सामाजिक संघ संस्थाहरु ,स्थानीय तह मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो । कसैको पनि एकल प्रयासवाट मानव वेचविखन जस्तो जघन्य अपराध नियन्त्रण संभव नहुने भन्दै प्रनाउ भट्टराईले सामुहिक प्रतिवद्धता जरुरी रहेको बताउनु भयो ।
मिलनटोल विकास संस्था बुटवल ९ की अध्यक्ष कमला कुंवरले मानव वेचविखनमा परेकाको उद्धार भन्दा पनि वेचविखनलाई रोक्न जरुरी रहेकोले त्यसतर्फ सचेतना आवश्यक रहेको औल्याउनु भयो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले मानव वेचविखन जस्ता अपराधमा संम्लग्नलाई आजिवन कारावासको व्यवस्था हुने गरि कानुन बनाउनु धारणा राख्नुभयो ।
वडा प्रहरी कार्यालय बुटवल रामनगर र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सम्युक्त आयोजनामा गरिएको कार्यक्रममा कालिका मानव ज्ञान मावि, मनकामना टोल विकास संस्था बुटवल ९, मिलन टोल विकास संस्था, तितेपाती सहकारी संस्था, मिलीजुली शितलटोल विकास संस्था, डाईनामिक टेक्निकल एजुकेशन लगायतका संघ संस्थाको सहभागिता रहेको महासचिव माधवकुमार खनालले बताउनु भयो । बुटवलको राजमार्ग चौराहावाट शुरु भएको जनचेतना मुलक ¥याली मिडियाचोकमा पुगेर कोण सभामा परिणत भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी सहायक निरिक्षक शेरबहादुर थापाले बताउनु भयो ।