बालविवाह अन्त्य गर्ने सामुहिक प्रतिवद्धता

914

बालविवाह अन्त्य गर्ने सामुहिक प्रतिवद्धता

कपिलबस्तु, २० भदौ । जिल्लामा वालविवाहका घटनाहरु नरोकिएपछि सरकोरवालाले जिल्लाका सरोकारवालाहरुलाई भेला नै गरेर वालविवाह रोक्ने प्रतिवद्धता गराएका छन् । त्यस अवसरमा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वालअधिकारको क्षेत्रमा सरोकार राख्ने प्रतिनिधीहरुले बालविवाह रोक्न सामुहिक प्रतिबद्धता गरेका छन् ।
सेभ द चिल्ड्रेन, कालिका, सनसाईन र लिडो नेपालको सहयोग तथा जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा तौहिलवामा सम्पन्न बाल विवाह अन्त्यका लागि जिल्लास्तरीय वृहत भेलाका सहभागीले सो प्रतिबद्धता गरेका हुन् । २ दिन सम्म चलेको भेलाले वालअधिकार प्रवद्र्धन गर्न र वालविवाह रोक्नको लागी घोषणापत्र तयारी गर्नुका साथै पारित गरेका छन् ।
घोषणापत्रमा बालबालिका आफैले बाल विवाह रोक्ने अभियान लगायत १० वटा प्रतिबद्धता रहेको छन् भने सरोकारवालाले पूरा गर्नु पर्ने १९ बुदें माग समेत समावेस गरिएको छ । बालबालिकाले बालअधिकार प्रबद्र्धन, बाल विवाह विरुद्ध शुन्य सहनशिलता, आफैबाट बालविवाह अन्त्य, सचेतना र असरबारे जानकारी गराउने, क्रियाकलापको निगरानी, सूचना प्रवाह तथा स्थानीयस्तरमा सहकार्य गर्ने लगायतका प्रतिबद्धता गरेका छन् ।
वालवालिकाहरुले स्थानीय तहसंग गोपनियताको सम्मान, शिक्षाको सुनिश्चितता, बालविवाह प्रभावितलाई तत्कालै कानूनी उपचार र संरक्षणको व्यवस्था, स्थानीय तहमा प्रयाप्त बजेट बिनीयोजन लगायतका मागहरु राखिएको वालसंजालकी मुना गिरीले बताउनु भयो ।
बालविवाहसंगै दाइजो प्रथाबारे सचेतना प्रवाह गरी कारवाहीमा कडाई गर्न आवश्यक रहेको प्रहरी निरिक्षक बेचन यादवले बताउनु भयो । सेभ द चिल्ड्रेनका क्षेत्रीय प्रमुख राजेन्द्र ताम्राकारले सीप र ज्ञानका अभावले हुने बालविवाह रोक्न स्थानीय तहमै योजना बन्न आवश्यक रहेको बताउनु भयो । आफनो स्थानीय तहलाई बालमैत्री बनाउने गरी योजना अघि बढाइएको मायादेवी गाँउपालिका प्रमुख बजरंगीप्रसाद कुर्मी, बिजयनगर गाँउपालिका प्रमुख गोपाल थापा र बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बुद्धभूमी नगरपालिकाले भने यहि भदौ १० गते वालविवाह मुक्त नगर घोषणा गरेको र त्यसलाई व्यवहारमा कार्यान्यन गर्ने नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनु भयो । जिल्लामा यो अभियानले वालविवाहका समस्या समाधान हुने विश्वास लिएको जिल्ला समन्यव समितिका प्रमुख नारायणप्रसाद खनालले बताउनु भयो । तराइको जिल्ला परम्परा र अशिक्षाको कारण वालविवाह हुने गरेकोमा विभिन्न संस्थाहरुको समन्वयमा निरन्तर यस्ता अधियान चलाइएको लिडो नेपालकी कार्यक्रम संयोजक सुनिता वेल्वासेले जानकारी गराउनु भयो ।

प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारु । तस्वीर : मणिप्रसाद गैह्रे