बुटवल, २१ भदौ । बुटवलको मिलनचोक स्थित तिलोत्तमा इन्ष्टिच्युटमा लोक सेवाको तयारीमा रहेका बिद्यार्थीलाई अभिमुखिकरण गरिएको छ । लोकसेवाको तयारी कक्षा सञ्चालन गर्दै आएको उक्त इन्ष्टिच्युटले समयसमयमा लोकसेवाको तयारी गरेका बिद्यार्थीलाई निःशुल्क अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रममा यस क्षेत्रका लोकसेवा तयारी गरेका करिव ३५० बिद्यार्थी सहभागि थिए ।
कार्यक्रममा प्रशिक्षक नेपाल सरकारका उपसचिव गोकर्णप्रसाद उपाध्यायले समान्य ज्ञान सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै प्रशिक्षकहरु नेपाल नागरिक उड्ययन प्राधिकरणका बरिष्ठ अधिकृत किशोर आचार्यले आईक्यु, संजीवनी कलेजका कार्यकारी प्रमुख दिपक रोकाले सकारात्मक सोंच तथा लाईफ स्किल, शाखा अधिकृत बद्रिप्रसाद कार्कीले लेखन सीप सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो ।
तिलोत्तमा इन्ष्टिच्युटका प्रवन्ध निर्देशक नविन अधिकारीले इन्ष्टिच्युटले गर्दै आएका कामहरुको बारेमा जानकारी गराउँदै आगामी दिनमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिँदै अभिमुखिकरण पश्चात शाखा अधिकृत, नायब सुब्बा, खरिदार, प्रहरी तथा सैन्य अधिकृत, असई, जवान लगाएतका विषयमा तयारी कक्षा सञ्चालन गर्ने जानकारी गराउनु भयो ।
राजु अर्यालको सञ्चालनमा भएको कार्यक्रममा सहभागि लोकसेवाको तयारीमा रहेका बिद्यार्थीले लोकसेवा तयारी गर्दा कस्ता कुराहरु अध्ययन गर्ने, के के कुरालाई जोड दिने लगायतका जिज्ञाशा राखेका थिए ।

