बुटवल उपमहानगरपालिका २ का वडा अध्यक्ष नेपालद्वारा आत्महत्या प्रयास

529

बुटवल उपमहानगरपालिका २ का वडा अध्यक्ष नेपालद्वारा आत्महत्या प्रयास

बुटवल, २१ भदौ । आत्महत्या प्रयास गरेका बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालको अवस्था चिन्ता जनक छ । भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेका नेपालको अवस्था गम्भिर रहेको चिकित्सकले जनाएकोे बुटवल उपमहानगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष टंक पराजुलीले जानकारी दिनु भएको छ ।
आफैले स्वास फेर्न नसक्ने भएपछि भेन्टिलेटरमा राखेर उपचार भई रहेको अस्पतालले जनाएको छ । वडा अध्यक्ष नेपालले वडा नं. २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा शनिवार बिहान ९ बजे सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गर्नु भएको होे ।
आफ्नो कोठाको ढोका बन्द गरी सिलिङ पंखामा झुण्डिदै गरेको अवस्थामा आमाले देखेपछि छिमेकीलाई खबर गर्नुभएको थियो । छिमेकीले डोरी काटेर तत्कालै लुम्बिनी प्रोदशिक अस्पतालमा पु¥याएपनि त्यहा उपचार हुन नसकेपछि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।
वडा अध्यक्ष नेपाल केही दिनदेखि तनावमा देखिएको र वडा तथा नगरपालिकाको कार्यक्रममा समेत सहभागि हुनु भएको थिएन ।

बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपाल