नेकपा तिलोत्तमामा कार्यविभाजन

289

नेकपा तिलोत्तमामा कार्यविभाजन

तिलोत्तमा, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीको शुक्रबार बसेको बैठकले कार्यविभाजन टुंगो लगाएको छ । बैठकले विभिन्न विभागहरुको प्रमुख, उपप्रमुख, वडा इन्चार्ज, सहइन्चार्ज तथा विभिन्न वडाका फाँट इन्चार्जहरु समेत तोकेको नगर अध्यक्ष मोहन चापागाईंले जानकारी दिनुभयो । कार्यविभाजन अनुसार संगठन विभाग प्रमुखमा लक्ष्मण खनाल र उपप्रमुखमा मीनप्रसाद पोखरेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै स्थानीय तह समन्वय विभागको प्रमुखमा मीनप्रसाद पोखरेल र उपप्रमुखमा माधव काफ्लेलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै मोर्चा संगठन विभागको प्रमुखमा सुरेन्द्र श्री र उपप्रमुखमा बाबुराम चापागाईंलाई तोकिएको छ ।
त्यस्तै अर्थ तथा योजना विभाग प्रमुखमा शोभाकान्त पंगेनी तथा उपप्रमुखमा झविन्द्र भण्डारी र गणेश उपाध्यायलाई जिम्मेवारी दिइएको छ । बैठकले वडा कमिटी इन्चार्ज र सहइन्चार्ज तथा फाँट प्रमुखहरुको पनि टुंगो लगाएको छ । जसअन्तर्गत तिलोत्तमा १ को इन्चार्जमा इशवरी न्यौपाने र सहइन्चार्जमा फर्सुराम गिरी, वडा नम्बर २ को इन्चार्जमा सावित्रा आचार्य रहेका छन् । त्यस्तै तिलोत्तमा ३ मा झविन्द्र भण्डारी इन्चार्ज र गिता सापकोटा सहइन्चार्ज, वडा नम्बर ४ को इन्चार्जमा हरि बहादुर क्षेत्री, वडा नम्बर ५ मा गोविन्द पौडेल इन्चार्ज र देवकला भट्टराई सहइन्चार्ज, वडा नम्बर ६ मा शिव पाठक इन्चार्ज र संगीता गुरुङ सहइन्चार्ज रहेका छन् । त्यस्तै तिलोत्तमा ७ मा अकवर अलि इन्चार्ज र केशव गौतम सहइन्चार्ज, ८ मा खिमानन्द न्यौपाने इन्चार्ज र कमलकान्त गौतम सहइन्चार्ज, ९ मा नेत्र वन इन्चार्ज र विष्णु भट्टराई सहइन्चार्ज, १० मा नुधादेवी थापा इन्चार्ज र मिनप्रसाद ज्ञवाली सहइन्चार्ज, ११ मा यज्ञेश्वर क्षेत्री इन्चार्ज र अम्बिका चौधरीलाई सहइन्चार्जको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी वडा नम्बर १२ मा यादव अर्याल इन्चार्ज र इशवरी ज्ञवाली सहइन्चार्ज, १३ मा माधव काफ्ले इन्चार्ज र गणेश उपाध्याय सहइन्चार्ज, १४ मा दिनेश अर्याल इन्चार्ज र यामबहादुर थापा सहइन्चार्ज, १५ मा तुलसी चौधरी इन्चार्ज र श्रीमाया गुरुङ सहइन्चार्ज, १६ मा लेखनाथ पाण्डे इन्चार्ज र १७ मा चेतनारायण कंडेल इन्चार्ज र विष्णु बस्याललाई सहइन्चार्ज तोकिएको छ । बैठकले नगर कमिटी अन्तर्गत जनवर्गीय संगठन मोर्चा संयोजक तथा सहसंयोजक समेत प्रस्ताव गरेको छ ।
बैठकलाई संबोधन गर्दै नेकपाका प्रदेश कमिटी सदस्य गोपाल भट्टराईले कार्यविभाजनसँगै अव पार्टी संगठनको कामले थप गति लिने बताउनु भयो । बैठकले यही भदौ २७ गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गर्नुका साथै १७ वटै वडामा भेला तथा अन्तक्र्रिया गर्ने निर्णय गरेको छ । बैठकले तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलन सफल पार्न पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको छ ।