‘बुढेसकालमा मात्रै आध्यात्मिक हुनुपर्ने मान्यता गलत’

626

‘बुढेसकालमा मात्रै आध्यात्मिक हुनुपर्ने मान्यता गलत’

बुटवल, २१ भदौ । नेपाल मानव धर्म सेवा समितिका सल्लाहकार डा.जयप्रकाश अग्रवालले बुढेसकालमा मात्रै आध्यात्मिक ज्ञान हाशील गर्नुपर्छ भन्ने मान्यता गलत भएको बताउनु भएको छ । अन्य ज्ञानका साथ साथै आध्यात्मिक ज्ञान पनि सँगसँगै अगाडी बढाउन सके मात्रै जिवनमा सुख प्राप्त हुन सक्ने बताउदै उहाँले २० बर्षको उमेर भित्रै आध्यात्मिक ज्ञान पनि हाशील गर्दै जानु पर्ने आवस्यकता औल्याउनु भयो ।
बुटवल स्थित नेपाल मानव धर्म सेवा समितिको आश्रममा सनिबार आयोजित ‘विज्ञान र आध्यात्मिकता’ बिषयक कार्यशालामा बोल्दै डा. अग्रवालले जहाँ विज्ञानको अन्त्य हुन्छ त्यहाँबाट आध्यात्मिकता सुरु हुने बिचार व्यक्त गर्नुभयो । कार्यक्रममा मानव धर्म सेवा समितिका पुर्व अध्यक्ष ठाकुरप्रसाद पौडेलले सन्तोषरुपी धन मात्रै महत्वपूर्ण धन भएको भन्दै सन्तोषरुपी धन प्राप्त भए अन्य धन धुलो समान हुने बताउनु भयो ।
बुटवल बहुमुखि क्याम्पसका प्राध्यापक डा. बैकुण्ठ पाण्डेले बिषयगत बिष त्यागेर क्षमा र दया–मायालाई ग्रहण गर्न सके मुक्ति प्राप्त हुने शास्त्रहरुमा उल्लेख भएको बताउनु भयो । नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्र प्रभारी महात्मा चादनी बाइजीले ‘श्रद्धा’ जस्तो एउटै शब्दको प्रयोगले जिवन सुन्दर बन्ने भन्दै जब सत्यको ज्ञान हुन्छ तब सहि र गलत के हो भन्ने पत्ता लाग्ने बताउनु भयो ।
सत्यको संगत गर्न आग्रह गर्दै उहाँले धर्म मान्ने चिज नभएर बुझ्ने चिज भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति बुटवल आश्रमकी संरक्षक महात्मा चन्द्रकान्ता बाइजी, नेपाल मानव धर्म सेवा समिति युवा संगठनका केन्द्रीय सह संयोजक भिम गुरुङ, युवा संगठनकै सागर थापा लगायतले विज्ञान र आध्यात्मिकता बारे धारणा राख्नुभएको थियो ।