पत्रकार आचार्यलाई मातृशोक

556

पत्रकार आचार्यलाई मातृशोक

बुटवल, २१ भदौ । पत्रकार रामप्रसाद आचार्यलाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत रहेका पत्रकार आचार्यको आमा साबित्रा आचार्यको ६१ वर्षको उमेरमा डेंगुको संक्रमणका कारण शनिबार साँझ करिव ५ बजे निधन भएको हो । उहाँलाई अकस्मात ज्वरो आएपछि तीनदिन अंगाडी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । लगातार ज्वरो आएपछि परिक्षण गर्दा उहाँमा डेंगुको संक्रमण देखिएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयु कक्षमा उपचाररत उहाँको शरीरमा रगतमा प्लेटलेट्सको मात्रा बढ्न सकेको थिएन । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुर निवासी स्वर्गीय साबित्रा आचार्यको ४ भाई छोरा र २ बहिनी छोरी हुनुहुन्छ । पत्रकार आचार्य जेठो छोरा हुनुहुन्छ ।