काँग्रेसको जागरण अभियान शुरु हुँदै : रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा १०६ वटा बिरुवा रोपिदै

388

काँग्रेसको जागरण अभियान शुरु हुँदै : रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा १०६ वटा बिरुवा रोपिदै

बुटवल, २३ भदौ । नेपाली काँग्रेसले दोस्रो चरणमा सञ्चालन गर्न लागेको राष्ट्रिय जागरण अभियान मंगलबारदेखि देशभर शुरु हुँदैछ । काँग्रेसले बीपि जयन्तिको अवसर पारेर दोस्रो चरणको जागरण अभियान शुरु गर्न लागेको हो । अभियान अन्तरगत मुलुकभरका ३३० प्रेदश निर्वाचन क्षेत्रमा जागरण अभियानका १५ दिने कार्यक्रम सञ्चालन गरिने नेपाली काँग्रेसले जनाएको छ ।
यसैबिच नेपाली काँग्रेस रुपन्देहीले जागरण अभियानको पहिलो दिन बीपिको १०६ औं जन्मजयन्ति पनि भएकाले प्रत्येक निर्वाचन क्षेत्रमा १०६ वटा बिरुवा रोप्ने कार्यक्रम तय गरेको छ । रुपन्देही जिल्लामा १० वटा प्रदेश निर्वाचन क्षेत्र रहेको र १० वटै स्थानमा गरि १ हजार ६० वटा बिभिन्न प्रजातीका बिरुवा रोपिने नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी गराउनु भयो ।
राष्ट्रिय जागरणकालागि नेपाली काँग्रेसले रुपन्देही जिल्लाका १० वटै प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनीधि खटाएको छ । काँग्रेसले रुपन्देही जिल्लामा क्रमशः निर्मला क्षेत्री, याकुव अन्सारी, माधवप्रसाद नेपाल, रीना नेपाल, बिक्रम खनाल, राजेश आचार्य, परमानन्द उपाध्याय, देवकरण जयसवाल (सन्तु), मुकुल आचार्य र पूर्णप्रसाद थारुलाई केन्द्रीय प्रतिनीधिको रुपमा खटाएको छ ।
असोज ७ गतेसम्म अभियान अवधिभर केन्द्रीय प्रतिनीधि खटिएको क्षेत्रमा गोष्ठि अन्तरक्रिया लगायतका पार्टीलाई गतिशिलता प्रदान गर्ने कार्यक्रम गर्ने बताईएको छ । अभियानको अन्तिमदिनसबै क्षेत्रका जनतालाई जिल्लाको सदरमुकाममा उतारेर सरकारले गरेका गलत कामको बिरोध कार्यक्रम गरिने नेपाली काँग्रेस रुपन्देहीका सचिव खाँणले बताउनु भयो ।