हिंसात्मक बन्न थाल्यो मधेश आन्दोलन, आन्दोलनकारी र सरकार दुवै कठोर

1.3K

हिंसात्मक बन्न थाल्यो मधेश आन्दोलन, आन्दोलनकारी र सरकार दुवै कठोर

p

काठमाडौं –आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय लिएको थियो । मंसिर ३ गते सीमानाका, राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने मोर्चाको निर्णय आएपछि आन्दोलन फेरि हिंसात्मक बन्दै गएको छ । हिजोमाज्ञ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र पहिचान पक्षधर पार्टीहरुको संघीय गठबन्धले राजधानी र पूर्वपश्चिम राजमार्ग केन्द्रीत सभा तथा आन्दोलन सशक्त बनाउने निर्णय समेत गरेको थियो ।
आन्दोलन, नाकाबन्दी हुँदै वार्ताको तहमा पुगेको भएपनि मधेशका माग सम्बोधन गर्ने विषयमा प्रमुख दलबीच रहेको मतभेदले समस्या बल्झाईरहेको छ । मधेश समस्याका विषयमा प्रधानमन्त्री ओली, उच्चस्तरीय राजनीतिक संयन्त्र एव्म एमाओवादीका अध्यक्ष प्रचण्ड र काग्रेस नेताहरुका आ–आफ्ना सुत्र छन् । उनीहरुबीच एकरुपता नहुँदा मधेशका माग सम्बोन गर्ने विषय जटिल बन्दै गएको छ ।

सत्तापक्ष र प्रतिपक्षको ‘मधेश कार्ड’
शनिवार तराई मधेशको समस्या हल गर्न भन्दै विपक्षी काग्रेस बोलाएको उच्चस्तरीय वैठकमा प्रधानमन्त्री केपी ओली सहभागी भएनन् । जवकि मंसिर ४ गते काग्रेसले सत्तारुढ दलहरुद्धारा प्रचण्डको नेतृत्वमा गठित उच्चस्तरी राजनीतिक संयन्त्रले बोलाएको छलफलमा सहभागी नुहने निर्णय गरेको थियो । विपक्षी काग्रेसको यस्तो निर्णय आएको दोस्रो दिन प्रधानमन्त्री ओली काग्रेसले बोलाएको वैठकमा सहभागी भएका होइनन् । सत्तापक्ष र प्रतिपक्ष समस्याको समाधान खोज्न भन्दा पनि ‘मधेश कार्ड’ राजनीति गर्न उद्धत बनेका छन् । यसले पनि मधेश आन्दोलनलाई हिंसात्मक बनाउन मछत पुराएको छ ।
गत आइतवार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशमा आन्दोलनरत दलहरुलाई वार्ताका लागि आव्हान गरेको थिए । ‘तराई मधेसमा आन्दोलनरत दलहरूसँगको समझदारीका आधारमा संविधान संशोधन विधेयकलाई अगाडि बढाउन र प्रादेशिक सीमाका बारेमा छलफल र राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्न सरकार तयार छ । अतः जारी वार्तालाई छिटोभन्दा छिटो सार्थक परिणाममा पु¥याउन आन्दोलनरत पक्षलाई म पुनः आह्वान गर्दछु ।’ प्रधानमन्त्रीले सम्बोधनमा भनेका थिए । तर, एक सातासम्म कुनै प्रगति भएको छैन् ।
आन्दोलनकारी र सरकार दुवै कठोर हुने मुडमा
पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रूपनीमा शनिवार राती भएको झडपले आन्दोलन हिंसाउन्मुख बनेको देखाउँछ । यो झडपमा दुई आन्दोलनकारी प्रहरीको गोली लागेर मारिएका छन् ।
हिंसा भड्किन नदिन सप्तरी प्रशासनले आइतवार विहानदेखि राजमार्ग क्षेत्रअन्तर्गत कोसी ब्यारेजदेखिको भारदह, कञ्चनपुर, रूपनी र कदमहा सडकखण्डसहित सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । तर, आन्दोलनकारीले निषेधाज्ञा तोडेका छन् । प्रहरीको गाडी जलाएका छन् । यसले तनाव बढाउने संकेत गरेको छ ।
आइतवार राजमार्गमा भएको घटनाले आन्दोलनमा आन्दोलनकारी र राज्यपक्ष दुवैले बल प्रयोगको नीतिलाई अगाडि सार्ने संकेत देखिएको छ । शनिवारको पत्रकार सम्मेलनमा नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयमै समस्याको हल नगरे मधेश आन्दोलन निययन्त्र बाहिर जाने चेतावनी दिएका थिए । उनले तराई मधेशको आन्दोलन आन्दोलनकारीको हातबाट गुम्दै जान थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उता सरकार बल प्रयोग गरेर भएपनि सीमा नाका र राजमार्गलाई सुचारु गर्ने मुडमा देखिएको छ ।

मोर्चाको तयारी नै हो
केही समयदेखि यता भएका वार्ताहरु परिणाममुखी नभएको भन्दै मोर्चाले आफ्नो आन्दोलन थप सशक्त पार्ने निर्णय लिएको थियो । मोर्चाले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउन सीमानाका राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको थियो । आइतवार मोर्चाका सभासद्ले संसदमा नाराबाजी नै गरेका छन् । आन्दोलन, नाकाबन्दी हुँदै वार्तामा जाँदा पनि माग सम्बोधन तर्फ प्रमुख दलहरु गंभीर नभएको मोर्चाको नेताको निर्णय छ । मोर्चाका नेतालाई माग पुरा नभएसम्म आन्दोलन फिर्ता नगर्न कार्यकर्ताको चर्को दवाव पनि परेको छ ।