आतंकबादी खोजि तिब्र पारिरहेको बेला बेल्जियममा आइतबार राति १६ जना पक्राउ परेका छन | ब्रसेल्स ,सार्लोवा र लिज क्षेत्रमा रहेका २२ ओटा घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरियको हो | तर मुख्य आतंकारी सलाह अब्देसालम अझै फरार छन |
अनुसन्धान जारि नै रहेको बताउदै यहाका सुरक्षा प्रवक्ताले ब्रसेल्स आंतकवादी खतराबाट अझै मुक्त नभयको बताय |हिजो राती यूरोपियन राजधानी ब्रसेल्सका बिभिन्न स्थानहरुमा आतंकबादी बिरुद्ध जवाफी कारवाही गरियको थियो | कारबाहीको क्रममा कुनै ठुलो घटना भयको छैन |
बेल्जियमका संघीय अभियोजनकर्ताले फ्रेडरिक डे लेयुले भने, “न वस्तुहरु फेला पारिएको विषयमा थप केही बताउन सकिन्छ न त पक्राउ गरिएका व्यक्तिहरुको पहिचान खुलाउन, अहिलेसम्म हातहतियार वा विष्फोटक पदार्थ फेला पारिएको छैन, खोजीका क्रममा पक्राउ परेकामा सलाह अब्दसलाम छैनन्।”
‘आतंकारीको गढ मानिने मोलेनबेक नगरपालिकामा प्रहरी कारबाहीमा सख्त घाइते भयको र उसलाई पक्राउ गरियको छ |’ सुरक्षा प्रबक्तालाइ उधृत गर्दै यहाका संचार माध्यमहरुले बतायका छन |
यसैबीच बेल्जियमका गृहमन्त्री यान यम्बोनले कारबाही अझै नसिधियको र निरन्तर चलिरहने बतायका छन |’हाम्रो कारबाही अझै सिधियको छैन |हामी यसको सिलसिलामा अघि बढिरहेका छौ |’गृहमन्त्रि यम्बोनले भने’हिजो रातिको ठुलो कारबाहीमा धेरै ब्यक्तिहरु पक्राउ गरेका छौ |तर अन्तिम सम्म हाम्रो खोजि कार्य जारी रहनेछ |’ यहा स्थित संचारमाध्यमका अनुसार उनले ब्रसेल्समा आतंकबादी धम्कि आइरहेको बताय पनि त्यसबारे बिस्तृत बताउन चाहेनन् |
आज पनि ब्रसेल्समा विद्यालय, विश्वविद्यालय तथा मेट्रो रेल सेवा बन्द रहेका छन । ब्रसेल्स शहर पूर्ण रुपमा बन्द गरिएको छ ।ब्रसेल्समै रहेको अनुमान गरिएका सलामलाई पक्राउ गर्न ब्रसेल्समा ठूलो मात्रामा सेना परिचालन गरिएको छ ।बेल्जियमका अरु मुख्य शहरमा पनि सुरक्षा सर्तकता बढाइएको छ ।