चिया वैठकले मात्र हुदैन मधेशको आगो निभाउने उपाय खोज

316

चिया वैठकले मात्र हुदैन मधेशको आगो निभाउने उपाय खोज

ago

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको प्रमुख दलहरुको बैठकले मोर्चाको सहमतिमा संविधान संशोधन गर्ने निर्णय गरेको छ । सत्तारुढ दल, प्रमुख प्रतिपक्ष र आन्दोलनरत दलहरुबीच सहमति कायम गर्दै संविधान संशोधन गर्ने निर्णय उक्त बैठकले गरेको हो ।

नेपाली कांग्रेसका सभापति सुशिल कोइराला नेतृत्वको अघिल्लो सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो । कांग्रेसले संशोधन प्रस्ताव अघि बढाउन दवाव दिदै आएको छ भने संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सय दिनदेखि तराई–मधेशमा आन्दोलन गरिरहेको छ ।

मधेसमा चलेको आन्दोलन र भारतले गरेको नाकाबन्दीको कारण देशमा संकट उत्पन्न भएको भन्दै समस्या समाधानको लागि दलहरु सहमतिको बाटो रोज्न तयार भएको एक स्रोतले बताएको छ । यसको लागि प्रमुख दल र कांग्रेसले मोर्चासँग वार्ताका लागि साझा धारणा बनाउने भएका छन् । दुवै पक्षले सार्थक वार्ताका लागि प्रयत्न गर्ने र साझा धारणामा आधारित भएर सहमति खोज्ने निष्कर्षमा दलहरु पुगेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डका अनुसार सहमतिका आधारमा आवश्यक संशोधन गर्न साझा धारणा समेत बनाइने भएको छ । दलहरुले साझा धारणा बनाउनका लागि मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल पनि गर्ने भएका छन् ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

यस्तै, प्रतिपक्षी दल कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल, नेता रामशरण महत, राप्रपा नेपालका दिलनाथ गिरी, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र जितेन्द्र देव र राप्रपाका पशुपति शमसेर सहभागी थिए ।

dal

ptf

मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदह र सदरमुकाम राजविराजमा कर्फ्युको अवज्ञा गर्दै उग्र प्रदर्शन गरेका छन्। उनीहरुले ठाउँठाउँमा पर्दर्शन गर्दै गाडीहरुमा तोडफोड र आगजनी समेत गरेका छन् ।

भारदहमा आन्दोलनकारीले सोमबार दिउँसो बा ६२ प ४१६२ र को ३ प ३१३६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन्।

उनीहरुले सदरमुकाम राजविराजमा भू-संरक्षण कार्यालय, नापी कार्यालय र तिलाठिमा रहेको भन्सार कार्यालयमा आन्दोलनकारीले आगजनी गरी क्षति पुर्याएका छन्। कर्फ्युबीच सदरमुकाम राजविराजका विभिन्न चोकमा प्रहरी र प्रदर्शनकारीबीच दोहरो झडप भएको छ।

सोमबार विहानै प्रदर्शनकारीहरुले राजविराजस्थित भू–संरक्षण कार्यालयमा आगजनी गरेका हुन्। आगजनीबाट खासै क्षति भने भएको छैन । कार्यालयमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले आइतबारै जारी गरेको राजविरा सहित रुपनी र भारदह क्षेत्रको कफ्र्यु अझै जारी नै रहेको छ। कफ्र्यु आदेशलाई उलंघन गर्दै प्रदर्शन पनि निरन्तर भइरहेको छ । मोर्चाका नेताहरुले विहानै नारा जुलुश गर्दै राजविराजमा कफ्र्युको उलंघन गरेका थिए।
प्रहरी दुव्र्यवहार विरुद्ध आइतबारदेखि नै बन्द रहेको सगरमाथा अञ्चल अस्पतालका सेवा अझै सुचारु हुन सकेको छैन। विरामीको चापले सधै खचाखच भइरहने जिल्लाको एक मात्र सरकारी अस्पताल सुनसान बन्न पुगेको छ।