बेल्जियममा २६ हजार यूरो सहित थप ५ पक्राउ ,आज सबै जसो दुतावास बन्द(थप अपडेट सहित )

1.3K

बेल्जियममा २६ हजार यूरो सहित थप ५ पक्राउ ,आज सबै जसो दुतावास बन्द(थप अपडेट सहित )

ब्रसेल्स /बेल्जियम
मंसिर ७

थप अपडेट

(प्रधानमन्त्री चार्ल्स मिसेलले ब्रसेल्स खतरामुक्त हुन् नसकेको भन्दै सुरक्षा खतराको स्थिति स्तर ‘४ ‘आउदो सोमबार सम्म जारी रहने बतायका छन | अन्य क्षेत्रमा भने स्तर ‘३’ नै रहने छ |आज साझ सुरक्षा अधिकारीहरु संगको बैठक पश्चात उनले  संचारकर्मीहरुलाई जानकारी दिदै उनले ब्रसेल्स अझै आतंककारीको खतरामुक्त हुन् नसकेको प्रस्ट पारेका छन |
बन्द रहेका बिद्यालय ,विश्वविद्यालय तथा मेट्रोहरु बुधबार बाट मात्रै संचालन हुनेछन | अब ब्रसेल्समा प्रहरी र सेनाको संख्यामा पनि केहि वृद्धि गरिने जनाईयको छ | तर प्रमुख घटनाहुने सम्भावना भने कम हुदै गयको जानकारी दिइयको छ |ब्रसेल्स क्षेत्र भित्र चल्ने रेल पनि भोलि सम्म बन्द रहने तर बस र ट्राम भने चल्नेछन |
‘हामी अबको केहि समय विशेष बिद्यालय क्षेत्रको सुरक्षा स्थितिको स्तर सुनिस्चित गर्न लागि परेका छौ |’प्रधानमन्त्री मिसेलले भने ‘हामी क्रमिक रुपमा सामान्य अवस्थामा स्तर ‘४’ बाट तल लैजान को प्रयासरत छौ|’
त्यस्तै गरेर ब्रसेल्स बाट छुट्ने द्रुत गतिको रेल कम्पनि  ‘थाली’ले आफ्ना यात्रुहरुलाई  छुट्ने समय भन्दा  आधा घण्टा छिटो गरेर आउन सुचित गरेको छ | उक्त कम्पनीले सुरक्षा चेकजाच लाई मध्यनजर गर्दै बोर्डिंग समय सामान्य अवस्थामा बढी लाग्ने बतायको छ |)

Screenshot_2015-11-23-21-35-16-1  Screenshot_2015-11-23-21-38-06-1

बेल्जियम प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ |यहास्थित संघीय अभियोजनकर्ताका अनुसार आज बिहान ब्रसेल्स र लिज सहरमा गरियको ७ ओटा घर छापा मारेर २६ हजार यूरो सहित उनीहरुलाई पक्राउ गरियको हो | हिजो सहित पक्राउ पर्नेहरुको संख्या २१ पुगेको छ |यी सबै कारबाहीहरु मध्य सबै आंतककारी गतिबिधि संग सम्बन्धित नरहेको पनि सुरक्षा अधिकारीहरुले प्रस्ट परेका छन |
आइतबार राति १६ जना पक्राउ परेका थिय | ब्रसेल्स ,सार्लोवा र लिज क्षेत्रमा रहेका २२ ओटा घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरियको थियो | कारबाही पर्नेहरुमा केहि स्थाई बसोबासको अनुमति नभयकाहरु पनि छन | उनीहरुलाई आफ्नै देश फिर्ता पठाउन सक्ने यहाका संचारमाध्यमहरुले जनायका छन |
उनीहरुका अनुसार मुख्य आतंककारी सलाह अब्देसलाम कै कारणले गर्दा राजनैतिक नेताहरु अहिले तनावमा रहेका छन | ‘आखिर कहा छन अब्देसलाम ?’धेरैको जिज्ञासा रहेको छ | धेरैले बेल्जियमको सिमा हुदा जर्मन तर्फ गयको  यहाका संचार माध्यमहरुको विसलेष्ण निकालेका छन |
अर्कोतर्फ अध्यागमन बिभागका प्रबक्ता ग्रित द भुल्दरले आज बिहान करिब सय भन्दा बढी सरणार्थी दर्ताको लागि पर्खिरहेको बतायका छन | तर सुरक्षा खतराको कारण सरणार्थी कार्यलय बन्द रहेको छ |

मुख्य कार्यलय सबै बन्द

आज पनि ब्रसेल्समा विद्यालय, विश्वविद्यालय तथा मेट्रो रेल सेवा बन्द रहेका छन । ब्रसेल्स शहर पूर्ण रुपमा बन्द गरिएको छ ।ब्रसेल्समै रहेको अनुमान गरिएका सलामलाई पक्राउ गर्न ब्रसेल्समा ठूलो मात्रामा सेना परिचालन गरिएको छ ।बेल्जियमका अरु मुख्य शहरमा पनि सुरक्षा सर्तकता बढाइएको छ ।

दुताबास पनि खुलेनन्

ब्रसेल्समा रहेका अधिकांस दुताबासहरु आज बन्द रहे |यसै क्रममा अमेरिकन र क्यानेडियन दुताबास बन्द रहेको उनीहरुले आफ्नो वेवसाइटमा जनायका छन |क्यानेडियन दुताबासले आजदेखि अर्को सूचना नहुन्जेल बन्द रहने तर आपतकालीन सेवाहरु प्रदान गरिने बतायाको छ |त्यस्तै गरेर अमेरिकन दुताबासले आजका सबै कार्यहरु बन्द गरेको तर अमेरिकन नागरिकको लागि आपतकालीन कार्यको लागि खुला रहने बतायाको छ |धेरै जसो दुताबासहरुले बेल्जियम सरकारले जारि गरेको सूचना तथा कामकारवाही अनुसार काम गर्न सबै सेवाग्राहीलाई अनुरोध गरेका छन | ब्रसेल्स स्थित नेपाली दुताबास खुलेको वा बन्द रहेको भन्ने बारेमा दुतावासले कुनै पनि जानकारी सेवाग्राहीलाई प्रदान गरेको छैन |

-एजेन्सीको  सहयोगमा