चाडपर्वमा सहज आपूर्तिको व्यबस्था मिलाउन प्रदेश पाँचमा अन्तर मन्त्रालय समन्वय

541

चाडपर्वमा सहज आपूर्तिको व्यबस्था मिलाउन प्रदेश पाँचमा अन्तर मन्त्रालय समन्वय

बुटवल, २६ भदौ । नेपालीहरुका चाड पर्वका समयमा जनताले दैनिक उपभोग्य बस्तुमा गुणस्तर र सुपथ मुल्य कायम राख्न प्रदेश पाँच सरकारले जोड दिएको छ । प्रदेश पाँचका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले बिहिबार सरोकारवाला पक्षसंग गर्नु भएको छलफलमा चाड पर्वका बेला जनताले उपभोग गर्ने दैनिक खाद्य बस्तुहरुमा नियमन गर्ने निकायलाई गुणस्तर मापन गर्ने तर्फ ध्यान पु¥याउन आग्रअ गर्नुभयो ।
मन्त्री गिरीले जनता ठगिन नपरोस्, गुणस्तरीय सामाग्री सहज उपलब्ध होस र सुलभ मुल्यमा प्रदेशका सबै जिल्लाहरुमा पाउने ब्यवस्था मिलाउन र बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि चाड पर्वका समयमा सरकारी निकाय तथा निजी क्षेत्रका ब्यवसायिक संस्थाहरुले प्रदेश भरी नै सस्तो बजार लगाउने ब्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।
यस्तै सुपथ मुल्यका सहकारी पसलहरुमा चाडपर्वका बेलामा सहज आपुर्तिको ब्यवस्था मिलाउन भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत ब्यवस्था मिलाउने, चाड पर्वको समयमा यात्रुहरुलाई यातायात भाडामा छुटको ब्यवस्था र सेवा बिस्तारको समेत ब्यवस्था मिलाउन भौतिक बिकास मन्त्रालय मार्फत अनुरोध गर्ने निर्णय भएको छ ।
बैठकमा मन्त्रालयका सचिव धनन्जय पौडेल, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुन्ठ अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष दिपककुमार पौडेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमहमाल लगायतले चाडपर्वको समयमा जनतालाई उपभोग्य बस्तुमा गुणस्तर र मुल्यमा सहजता कायम राख्ने बिषयमा नियमित अनुगमनमा जोड दिनुभएको थियो ।