सिद्धबाबामा पहिरोले पुरेर १ को मृत्यु ४ घाईते

330

सिद्धबाबामा पहिरोले पुरेर १ को मृत्यु ४ घाईते

बुटवल, २७ जेठ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा माथिबाट आएको पहिरोले च्याँपिएर एक जनाको ज्यान गएको छ भने थप चार जना घाईते भएका छन् ।
उक्त सडकमा शुक्रबार बिहान करिव सवा १० बजे गएको पहिरोले पुरिएर गुल्मी कालिगण्डकी गाउँपालिकाका २६ वर्षीय कमल परियारको ज्यान गएको पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पहिरोमा २ वटा सवारी साधन परिएका थिए । पहिरोमा परेर लु १ ज २६१७ को एक जीप र लु २ च ५९३८ नम्बरको स्कर्पियो गाडी पुरिएको हो । सवारी साधन माथी पहिरो जाँदा जीप चालक रुपन्देही मक्रहर २ बस्ने परियारको मृत्यु भएको हो भने जीपमा सवार ४ जना घाइते भएको पनि प्रहरीले जनाएको छ । घाईतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।