बिद्यार्थीलाई धितोपत्र बजार सम्बन्धि अभिमुखिकरण

1.3K

बिद्यार्थीलाई धितोपत्र बजार सम्बन्धि अभिमुखिकरण

बुटवल, २७ भदौ । बुटवलको राजमार्ग चौराहामा रहेको एम्स कलेजका बिद्यार्थीलाई धितोपत्र बजार सम्बन्धि अभिमुखिकरण गरिएको छ । कलेज र नेपाल धितोपत्र बोडको संयोजनमा बिद्यार्थीलाई अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख दीपक ढकालले लगानीको उपयुक्त क्षेत्र, जोखिम र अवसरहरुको विश्लेषण गर्न यसप्रकारका कार्यक्रम बाणिज्य शास्त्रका बिद्यार्थीलाई फलदायी हुने बताउनु भयो ।
त्यस अवसरमा धितोपत्र बोर्डका सहायक कार्यकारी निर्देशक कृष्णप्रसाद पोखरेल, निर्देशक अम्बिकाप्रसाद गिरी, सहायक निर्देशक राजु जिसीले नेपालमा धितोपत्र बजारको अवस्था, भूमिका, आवश्यकता, आस्वा, सि–आस्वा प्रणाली, शेयर बजार, शेयर निश्कासन, क्रेडिट रेटिङ लगायतका बिषयमा अभिमुखिकरण गर्नुभएको थियो ।
बिद्यार्थीले नेपालमा धितोपत्र बजारको स्थिती, कर व्यवस्थापन, लगानी छनौट, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरुको विषयमा जिज्ञासा राखेका थिए ।
एम्स एजुकेशन फाउण्डेसनका कार्यकारी निर्देशक गोपालप्रसाद न्यौपानेले बाणिज्य शास्त्रका बिद्यार्थीलाई आवश्यक पर्ने बिभिन्न बिधागत बिषयमा समयसमयमा क्याम्पसले प्रशिक्षण गराउँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख बिकास श्रेष्ठले गर्नुभएको थियो ।