बुटवल, २८ भदौ । मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले भैरहवाका २५ वर्षीय सबिर पठानलाई पक्राउ गरेको छ । यहि भदौ २५ गते सिद्धार्थनगर नगरपालिका वडा नं. १२ प्रहरी टोलबाट हराएको लु ३६ प ४१६८ नम्बरको मोटरसाईलक २६ गते सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गोलीगढ स्थित पठानको घरमामा फेला परेको थियो । खोजतलासमा रहेको प्रहरीले पठानको घरमा फेला पारेको उक्त मोटरसाईकल बरामद गर्नुकासाथै चोरी अभियोगमा पठानलाई पक्राउ गरेको हो । पक्राउ परेका पठान उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
