बुटवल ३० भदौ । पश्चिमाञ्चल यातायात सेवामुलक कम्पनी प्रालिका संस्थापकहरुको तदर्थ समितिको पहिलो साधारण सभाले यमप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कम्पनीको सोमवार बुटवलमा भएको साधारण सभाले तदर्थ समितिका अध्यक्ष टिकाराम गौतम, लोकराज पोखरेल, गणेश घिमिरे, वसन्त खडका, हरि रिमाल, गौपाल न्यौपाने, खगराज गौतम, प्रेम श्रेष्ठ, हुमबहादुर जिसी, महेन्द्र कार्की, खिमबहादुर थापा, र कृष्ण ठकुरीलाई संचालकमा चयन गरेको छ ।
साधारण सभाले कम्पनीको वरिष्ठ सल्लाहकारमा जीतबहादुर भाट र प्रतापबहादुर कार्कीलाई चयन गरेको छ ।
