बुटवल, २ असोज । प्रदेश पाँचका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरीएको छ । तीन दिनसम्म बिशेष कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको प्रदेश पाँच सरकारको आह्वानमा पहिलो दिन बिहिबार सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरिएको हो ।
त्यस्तै प्रदेशको राजधानी बुटवलको मुख्य चोकहरुमा राष्ट्रिय झण्डा फहराईएको छ । तीन दिवसीय संविधान दिवस बिशेष कार्यक्रमको पहिलो दिन प्रदेश राजधानी रहेको बुटवल उपमहानगरपालिकाको व्यबस्थापनमा सरसफाई गएिको छ । डेंगु रोग बिरुद्ध सचेतना अभियानको रुपमा सामाजिक बिकास मन्त्रालयले अंगाडी बढाउने गरि सरसफाई कार्यक्रम गरिएको हो ।
त्यस्तै प्रदेश सरकारले १०९ वटै स्थानीय तहहरुलाई पनि आफ्नो आफ्नो स्थानीय तहमा सरसफाई कार्यक्रम सञ्चालन गर्न तथा प्रदेश सरकारले तय गरेका कार्यक्रम गर्न आह्वान गरेको थियो । सोही अनुसार स्थानीय तहहरुले पनि पालिकाका केन्द्रमा सरसफाई कार्यक्रम गरेका छन् । प्रदेश पाँचको राजधानी बुटवलमा भएको सरसफाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल सहित मन्त्रीहरु, स्थानीय तहका जनप्रतीनीधि, सामाजिक तथा व्यबसायिक संघसंस्थाका प्रतिनीधिहरु सहभागि थिए ।
प्रदेश सरकारले संविधान दिवसलाई बिशेष महत्व दिँदै तीन दिन मनाउने निर्णय गरेको थियो । तीन दिन नै प्रदेशका सबै सरकारी कार्यालयहरुमा साँझ दीपावली गरिने छ ।
संविधान जारी भएको दिन असोज तीन गते शुक्रबार प्रदेश पाँचको राजधानी बुटवलमा बिशेष कार्यक्रम गरिने छ । बिहान बुटवलमा बिभिन्न जात जातीका कला संस्कृति झल्किने झाँकी सहितको ¥याली प्रदर्शन गरिने र झाँकी सहितको ¥याली लगत्तै बुटवल मण्डपमा आम सभा गर्ने सरकारको तयारी छ । त्यस्तै अन्तिमदिन असोज ४ गते रक्तदान, बृक्षारोपण कार्यक्रम तय गरिएको छ ।

