बुटवल, ७ असोज । अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले बिभिन्न देशमा दशैंको टिकाको साईत सार्वजनिक गरेको छ । हिन्दुहरुको महान पर्व बडा दशैंको टिकाको साईतबारे जिज्ञासा आएको उल्लेख गर्दै पञ्चांग निर्णायक समितिले नेपाल सहितका बिभिन्न देशको साईत सार्वजनिक गरेको हो । जस अन्तरगत यस वर्ष नेपालमा असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा टिकाको साईत प्रस्तुत गरिएको छ ।
