रिलायन्स फाईनान्सको दशौं शाखा मणिग्राममा

1.3K

रिलायन्स फाईनान्सको दशौं शाखा मणिग्राममा

बुटवल, ९ असोज । रिलायन्स फाईनान्स लिमिटेडको १० औं शाखाको रुपमा रुपन्देहीको मणिग्राममा नयाँ शाखा उद्घाटन गरिएको छ । २०६६ मंसिर ८ गते विधिवत रुपमा सञ्चालनमा आएको रिलायन्स फाईनान्सले १० वर्ष वर्ष प्रवेशको अवसरमा उक्त शाखा उद्घाटन गरको हो । उक्त शाखाको नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा पूर्व मन्त्री समेत रहनु भएका नेता खाँणले मुलुकको अर्थतन्त्रको बिकासमा बहुदलीय व्यबस्थाको स्थापना पछि बलियो सहभागिता रहेको उल्लेख गर्दै लगानीको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउनु भयो ।
पछिल्लो पटक सरकाले ल्याएको बैंक तथा बित्तिय संस्था सम्बन्धि विधेयकको मस्यौदामा बैंक तथा बित्तिय संस्थाहरुलाई नियन्त्रण गर्न खोजेको देखिएको औंल्याउँदै यस बिषयमा सदनमा छलफल गर्ने आश्वासन दिनुभयो । उक्त बिधेयक सदनमा दर्ता भने भईसकेको छैन ।
उक्त फाईनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले संस्था स्थापना भएको १० औं वर्ष पुगेको अवसर पारेर आफ्नै ठाउँमा शाखा सञ्चालन गरिएको र यो वर्ष थप १० वटा शाखा बिस्तार गर्ने लक्ष्य लिईएको जानकारी गराउनु भयो । उहाँ बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।
नेपाल राष्ट्र बैंकका निर्दशक तथा सिद्धार्थनगर शाखाका प्रवन्धक राजेन्द्र भट्टराईले प्रदेश पाँचको राजधानी रुपन्देही फाईनान्सीयल हवको रुपमा बिकास हुँदै गएको बताउँदै बढी प्रतिस्पर्धा भएका कारण नयाँ संस्थालाई चुनौती पनि रहेको उल्लेख गर्नुउभयो । उहाँले बैंकमा व्याजदरको बृद्धिका कारण उद्योगी व्यबसायी हतोत्सायी भएको बताउँदै अव बैंकको व्याजदर घटदै भएकाले उद्योगी व्यबसायीलाई ढुक्क हुन आग्रह गर्नुभयो ।
तिलोत्तमा नगरपालिका वडा नं. ५ का अध्यक्ष चेतरानाराण भण्डारीले रुपन्देहीको तिलोत्तमा नगरपालिका लगानीका दृष्टिले उपयुक्त रहेका कारण उद्योग व्यबसायमा लगानी गर्नकालागि पनि बैंक तथा वित्तिय संस्थालाई उपयुक्त स्थान रहेको बताउनु भयो । उक्त फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले १४ करोड पुँजी र १४५ जना प्रोमोटरबाट शुरु गरेको फाईनान्समा अहिले ८३ करोड २४ लाख रुपैंया शेयर पुँजी रहेको र झण्डै ४ अर्व रुपैंयाँ कर्जा लगानी भएको जानकारी गराउनु भयो ।