बुटवल बुहुमुखी क्याम्पसमा त्रिभुवन विश्वबिद्यालयको ध्यानाकर्षण

1.3K

बुटवल बुहुमुखी क्याम्पसमा त्रिभुवन विश्वबिद्यालयको ध्यानाकर्षण

बुटवल, १० असोज । बुटवल बहुमुखी क्याम्पसमा बिएससी सिएसआईटी कार्यक्रममा बिद्यार्थी भर्नाकालागि प्रवेश परिक्षाको नतिजा अनुसार हुनुपर्नेमा सो नभएको भन्दै त्रिभुवन विश्वबिद्यालयले ध्यानाकर्षण गराएको छ । बिएसी सिएसआईटी अध्ययन गर्नकालागि प्रवेश परिक्षाको नतिजाको आधारमा मेरिट बेसिसका आधारमा गर्नुपर्ने निर्देशन बिपरित भएको भन्दै त्रिभुवन विश्वबिद्यालय बिज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले बिज्ञप्ती जारी गरि मेरिट बेसिसका आधारमा नभएमा ती बिद्यार्थीको परिक्षा लिन बाध्य नहुने प्रष्ट गरेको हो ।
यस अंगाडी क्याम्पस प्रशासनले मेरिट वेसिस आधारमा भर्ना गर्नुपर्नेमा त्यस विपरित हुनेगरी आफ्ना मान्छे भर्ना गर्नेगरी भर्ना कार्यक्रम सञ्चालन गरेको भन्दै नेपाल बिद्यार्थी संघले आन्दोलन गर्दै आएको थियो ।