बुटवलमा बजार अनुगमन : म्याद गुज्रिएका सामान जफत गरी नष्ट

1.3K

बुटवलमा बजार अनुगमन : म्याद गुज्रिएका सामान जफत गरी नष्ट

बुटवल, १४ असोज । बुटवल उपमहानगरपालिका द्वारा गठिन उपभोत्ता हित संरक्षण समितिले बुटवलमा बजार अनुगमन गरेको छ । मासु पसल, खाद्यान्य र दैनिक उपभोग्य बस्तुको समितिले अनुगमन गरेको हो ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यको संयोकत्वमा भएको अनुगमनमा बुटवलको ईटाभट्टीमा रहेको कुरैशी मासु पसल, भुड्की चोकमा रहेका समशेर माछा तथा मासु पसल, समिर माछा पसल, ताहिर मासु पसल, कृषि थोक बजारमा रहेको न्यू ईश्वरी मार्केटिङ, विजय गल्ला एण्ड जनरल स्टोर लगाएतमा अनुगमन गरेको थियो ।
अनुगमन समितिले मासु पसलहरुलाई अझ बढि सफा सुघरमा ध्यान दिन निर्देशन दिएको छ । त्यस्तै अनुगनका क्रममा थोक बजारमा रहेका पसलहरुले प्रमाणपत्र नराखेको, विक्रि विजक जारी नगरेको भेटिएपछि प्रमाणपत्र राख्न निर्देशन दिइएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमोदवी आचार्यले बताउनु भयो ।
त्यसैगरी अनुगमन समितिले विजय गल्ला एण्ड जनरल स्टोर बाट म्याद गुज्रेका, लेवल नलगाएका सामानहरु जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रममा अचार, मिठाई, खिर मसला, नान मसला, भुजिया, दालमोट लगाएका ६ हजार १ सय ४० रुपैया बराबरको सामान जफत गरि नष्ट गरिएको उपमहानगरपालिकाका अनुगमन तथा मुल्याङकन शाखा प्रमुख टोपलाल शर्माले बताउनु भयो ।
अनुगमनमा उपभोत्ता हित संरक्षण मञ्चका उपाध्यक्ष तेजकुमार पाठक, बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष विमलराज भट्टटराई लगाएतको सहभागिता रहेको थियो ।