कुष्टरोगका बिरामीलाई खाद्य सामग्रि प्रदान

1.3K

कुष्टरोगका बिरामीलाई खाद्य सामग्रि प्रदान

बुटवल, १६ असोज । पशुपति अन्नुपूर्णा आश्रम राष्ट्रिय समिति नेपाल पाँच नम्बर प्रदेश समितिले कुष्टरोगका बिरामीलाई खाद्यान्न लगायतका सामग्रि प्रदान गरेको छ । आश्रममले बुटवल उपमहानगरपालिका वडा नं. १३ जीतगढीमा रहेको कुष्ट रोग पुनस्थापना केन्द्रमा रहेका बिरामीलाई चामल, आलु, दाल, चिउरा, तेल, नुन तथा सेम्फु साबुन गरि १५ हजार रुपैंया बराबरको सामान प्रदान गरेको हो ।
आश्रमले पुनस्थापना केन्द्रमा रहेका ती बिरामीलाई एकछाक खाना समेत खुवाइएको पशुपति अन्नपूर्णा आश्रम अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष बिरु ज्ञवालीले जानकारी गराउनु भयो । मानवीय भावनाले अभिप्ररित भई संस्थाले समाजमा हेपिएर बस्न विवस भएका व्यक्तिलाई खाद्यान्न प्रदान गरिएको उहाँले बताउनु भयो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा आश्रमका पदाधिकारीहरुले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यक्रम गर्दै जाने बताएका थिए । उक्त आश्रमले यस अघि पनि यस प्रकारका सामाजिक काम गर्दैं आएको जनाएको छ ।