रसियाका रास्ट्रपति भ्लादमिर पुटिनले टर्कीको कार्य एक असभ्य र बर्बर कार्य रहेको प्रतिउत्तर दियका छन | आज बिहान टर्कीको एउटा लडाकु विमानले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गरेको भन्दै रसियन लडाकु विमानलाई खसालिदिएको थियो | सोहि घटनाको बारेमा बोल्दै उनले यसको परिणाम भोग्नको लागि चेतवानी समेत दियका छन | यसै बिषयमा नेटोको आपतकालीन बैठक चलिरहेको बताईयको छ ||| उक्त विमानका चालकहरुको अवस्था अझै अज्ञात रहेको तर यक जना मरेको र अर्को सिरियामा कैदीको रुपमा हुनसक्ने विभिन्न समाचार एजेन्सीले बतायका छन |
टर्कीको अनुरोधमा अहिले ४ बजे ब्रसेल्समा नेटोको आपतकालीन बैठक बस्दैछ |’टर्कीले आज बिहान भयको घटनाको बारेमा सुचित तथा बिस्तृत परामर्स गर्नेछ |’प्रबक्ता इरीना निभाकोभाले भनिन |अन्तरास्ट्रिय सुरक्षा सस्थाले स्थित बिस्तारै साम्य पार्ने छ | बेलायतको विदेस मन्त्रालयले यो घटनालाई ‘धेरै गम्भीर’ भयको र तत्काल सबै जानकारी आवस्यक रहेको बतायको छ |टर्किस प्रधानमन्त्री अहमेत दाबुतोक्लुले यसै विषयमा सैन्य प्रमुख र परराष्ट्रमन्त्रीसँग छलफल समेत गरेr नेटो, संयुक्त राष्ट्रसंघ र सम्बन्धित देशसँग छलफल गर्न निर्देशन समेत दियक थिय ।यसै गरी टर्कीका रास्ट्रपति ताइप इर्दोगनले प्रधानमत्री संग छिट्टै भेटवार्ता गरेका छन | टर्की नेटोको महत्वपूर्ण देश रहेको छ | टर्कीको सीमामा रुसको बमबारीले गर्दा पटक पटक रुसी सरकारलाई चेतवानी दिदै आयको थियो |
रुसी रास्ट्रपति भलादमिर पुटिनले यो घटनाको बारेमा जोर्डनका राजा अब्दुल्लाहको भ्रमण पछि पुरा रुपमा प्रतिक्रिया दिनेछन |उनले रसियन लडाकु बिमान टर्कीको हवाई क्षेत्रमा नगयको दाबी गरेका छन |’ ६ हजार मिटर माथि टर्कीको सीमादेखि १ किलोमिटर विमानलाई आक्रमण गरियको छ |यो टर्कीको लागि कदापी खतरा हुने थियन |’पुटिनले भने ‘यो अत्यन्त बर्बर र आतंकवादी क्रियाकलाप रहेको तर आतंकवाद संग लड्नेलाई उल्टै आक्रमण भयको छ |टर्कीले इस्लामिक स्टेटले कब्जा गरिरहेको क्षेत्र बाट तेल खरिद गर्ने गरेको छ ,उसले आतंकवादलाइ सहयोग गरिरहेको छ हामी त्यसको विरुद्धमा लडिरहेका छौ |’रास्ट्रपति पुटिनले टर्की आफ्नो सच्चा मित्र भयको तर यो कार्य पछाडीबाट छुरा धस्नु जत्ति भयको बताय |उनका अनुसार टर्कीले आक्रमण पश्चात नेटो गुहार्नु ले धेरै कुरा संकेत गरिरहेको र अब सम्बन्धमा गम्भीर असर पार्ने छ |
आजको घटनामा विमानमा रहेका दुइ पाइलटहरु प्यारासुत्को मद्धतबाट तल झरिरहेको देखिन्थे |टर्कीका अनुसार १० मिनेटमा ५ पटक चेतावनी दिइयको थियो | फायर हुदा बितिक्कै उनीहरु प्यारासुट बाट तल सुरक्षित साथ झरेको टर्कीको एजेन्सी एनाडोलुले तस्विरहरु ल्यायको थियो |
फ्रान्सेली समाचार सस्था ए एफ पिका अनुसार दुइ पाइलट मध्य यक सिरियाली बिद्रोहीहरुको कब्जामा हुनसक्छन |’हाम्रो जानकारी अनुसार हिरासतमा यक रुसी पाइलट रहेका छन |’स्वतन्त्र सिरियाली सेनाका कानुनी सल्लाहकारले पुस्टि गरेका छन |’तर उनि कुन बिमान समुहका पाइलट हुन् भन्ने थाहा हुन् आयको छैन |’आजको घटनामा परेका दुवै पाइलट बेपत्ता रहेका छन |रसियन हेलिकप्टरले सिरियाको पहाडी क्षेत्रहरुमा पाइलटको खोजि जारी राखेको बिबिसी र रिउटरले बतायका छन |