बुटवल, २५ असोज । गुल्मीको साविक रिडी १ मा रहेको संस्कृत तथा साधारण माध्यमिक बिद्यायमा अध्ययन गरेका बिद्यार्थीहरुको बुटवलमा पुनर्मिलन गरिएको छ । त्यस बिद्यायबाट २०५४ सालमा एसएलसी दिएका बिद्यार्थीहरुले शुक्रबार बुटवलमा पुनर्मिलन गरेका हुन् ।
त्यस अवसरमा बिद्यालयका पूर्व शिक्षक गोपिराज खनालले शिक्षा जिवनको अभिन्न अंग भएको बताउँदै शिक्षाकै कारण मानिस सफल हुने भएकाले आफूले आर्जन गरेको शिक्षा अरुलाई समेत बाड्नु पर्ने भनाई राख्नुभयो । उहाँले बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीहरु आपसमा संगठित हुने र आफूले शिक्षा आर्जन गरेको बिद्यालयलाई सम्झिने काम सह्रानीय रहेको बताउनु भयो ।
त्यस्तै बिद्यालयका शिक्षक रबिन्द्र यादवले एउटा बिद्यालयमा पढेका बिद्यार्थीहरु संगठित हुने र आफूले पढेको बिद्यालयलाई सम्झिने कार्य सह्रानीय भएको बताउँदै संगै पढेका बिद्यार्थी संगठित हुने कार्य त्यती सहज नहुँदा नहुँदै पनि भएको प्रयास प्रति आभार व्यक्त गर्नुभयो ।
बिद्यालयका पूर्व बिद्यार्थी सुरेन्द्रराज ज्ञवालीले पूर्व बिद्यार्थीहरु एकिकृत हुने प्रयास गरिएको बताउँदै आगामी दिनमा व्यबस्थित रुपमा संगठित भएको अंगाडी बढ्ने भनाई राख्नुभयो ।
त्यसै अवसरमा त्यस बिद्यालयका पूर्व शिक्षक गोपिराज खनाल र शिक्षक रबिन्द्र यादवलाई सम्मान गरिएको थियो ।
पूर्व बिद्यार्थीहरु प्रमोद सुवेदीको सञ्चालन तथा सुन्दर ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा बिदुर सापकोटाले कार्यपत्र सहित सांगठनिक संरचना निर्माण, आर्थिक व्यबस्थापन र आगामी कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।
