पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा मृतक कर्मचारी परिवारलाई राहात प्रदान

1.3K

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा मृतक कर्मचारी परिवारलाई राहात प्रदान

बुटवल, २५ असोज । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा कार्यरत कर्मचारी गणेश अधिकारीको दूर्घटना परि निधन भएकोमा समिति र कर्मचारी युनियनले परिवारलाई राहात रकम प्रदान गरेका छन् । समितिले कर्मचारीको मृत्यु हुदाँ राहत स्वरुप १ लाख रुपैयाँ र समितिमा कार्यरत कर्मचारीहरुको संगठन कर्मचारी युनियनले १ लाख रुपैयाँ गरि २ लाख रुपैयाँ प्रदान गरिएको हो । शनिवार मृतक अधिकारीको निवास गोलपार्कमा पुगेर स्वर्गीय अधिकारीकी आमालाई उक्त राहत रकम प्रदान गरिएको हो ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डे र कर्मचारी युनियनका अध्यक्ष शिव केसीले संयुक्त रुपमा राहत रकम हस्तान्त्ररण गर्नु भएको थियो । त्यसैगरि समितिले कर्मचारी, सदस्य व्यवसायीलाई जनही १० लाख रुपैयाँको दूर्घटना विमा गरिदिएको छ । सो विमा रकम प्राप्त भएपछि मृतक अधिकारीको परिवारलाई प्रदान गरिने समितिका महासचिव जितबहादुर भाटले जानकारी गराउनु भयो । सोही समारोहमा मृतक अधिकारीको सम्झनामा श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।