काठमाण्डौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले केरुङ्–काठमाण्डौं रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्ने बताउनु भएको छ । राष्ट्रपति सीको सम्मानमा शनिबार आयोजित रात्रीभोजमा बोल्दै उहाँले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने बताउनु भयो । उहाँले केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताउनु भयो ।
सम्वोधनको क्रममा उहाँले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको बताउनु भयो । राष्ट्रपति सीले नेपाल भ्रमण बर्ष २०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
