नेपाली काँग्रेसको चियापान : संविधान कार्यान्वयनमा सरकारको ध्यानाकर्षण

1.3K

नेपाली काँग्रेसको चियापान : संविधान कार्यान्वयनमा सरकारको ध्यानाकर्षण

बुटवल, २६ असोज । नेपाली काँग्रेसले शुभकामना आदान प्रदान सहित चियापान कार्यक्रम गरेको छ । नेपालीहरुले मनाउने बडादशैं, दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वहरुको अवसर पारेर नेपाली काँग्रेसले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाली काँग्रेस रुपन्देहीले आईतबार जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै जिल्ला सभापति अब्दुल रज्जाकले मुलुकले संविधान पाएपनि संविधान कार्यान्वयनले पूर्णता नपाउँदा नागरिकको विश्वास ह्रास हुँदै गएकाले सरकारलाई संविधान कार्यान्वयनमा गम्भिर बन्न आग्रह गर्नुभयो ।
त्यसैअवसरमा संघीय संसदका लेखा समितिका सभापति भरतकुमार शाह, नेकपा माओवादीका केन्द्रीय सचिव पूर्व सांसद विनोदकुमार उपाध्याय, नेकपा रुपन्देहीका सचिव निर्मल जिसी, राप्रपा नेपालका केन्द्रीय सदस्य ताहिर अली मुसलमान, संघीय सांसद प्रमोदकुमार यादव, नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता बलदेव शर्मा, प्रदेश सभा सदस्यहरु, सिद्धार्थनगर, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर तथा उपमेयरहरु, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, ससस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख लगायतका नेता तथा सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
त्यसै अवसरमा नेकपा परित्याग गरि २ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेता भरतकुमार शाह लगायतले टिका माला लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।