पेरिस घटनाका मुख्य आतंककारीका कार चालकको खोजि ,ब्रसेल्समा आजदेखि विद्यालय र मेट्रो सुचारु

1.3K

पेरिस घटनाका  मुख्य आतंककारीका कार चालकको खोजि ,ब्रसेल्समा आजदेखि विद्यालय र मेट्रो सुचारु

ब्रसेल्स/बेल्जियम
मंसिर ९

यूरोपियन राजधानी ब्रसेल्सको जनजीवन विस्तारै सामान्य हुदै गैरहेको छ | आज देखि बन्द भयका विद्यालय  खुलेका छन भने मेट्रो पनि सुचारु भयको छ |आतंककारी गतिविधिबाट उच्च जोखिम रहेको भन्दै बेल्जियम सरकारले सनिबार देखि मेट्रो पूर्ण रुपमा बन्द गरायको थियो भने सैक्षिक सस्थान हरु सोमबार र मंगलबार पूर्ण रुपमा बन्द गरायको थियो |
ब्रसेल्स क्षेत्र भित्र रहेका ६९ स्टेसन मध्य आजदेखि ३५ स्टेसन सुचारु भयका छन |सधै ६ बजे देखि रति अबेर सम्म चल्ने मेट्रोहरु केहि समयको लागि अब विहान ६ बजे देखि साझ १० बजे सम्म मात्रै चल्नेछन | त्यसै गरी विद्यार्थी ओसार्ने बसहरुपनि आजदेखि पूर्ण रुपमा चलेका छन | उच्च खतरामा रहेको ब्रसेल्स क्षेत्रमा रहेका बिद्यालय तथा मेट्रो संचालनको लागि १ हजार बेसी प्रहरी र सेना परिचालन गरियको छ |

थप आतंककारिको खोजि

पेरिस घटनाका मुख्य आतंककारी सलाह अब्देसलामका कार चालक तथा पेरिस घटनामा संलग्न ३० वर्षीय मोहमद अब्रिनिलाई सुरक्षा अधिकारीले खोजि सुरु गरेका छन |अनुसन्धानको क्रममा पेरिस घटना हुनु २ दिन पुर्व पेट्रोल पम्पमा भयको क्यामेराले उनलाई कैद गरेको थियो | पेरिस जाने मुख्य राजमार्गमा रहेका क्यामेराको अनुसन्धानको क्रममा उक्त तथ्य पत्ता लगायका छन |पेरिस घटनामा प्रयोग गरियको ३ ओटा कार मध्य अब्रिनी ले चलायको कार मुख्य आतंककारी अब्देसलाम र उनका भाई ब्राहिमले भाडामा लियका थिय |

खतरा

अब्रिनीको उचाई १७५ सेन्टिमिटर रहेको छ भने खैरो छाला खैरो आखा र कालो कपाल तथा सानो चेहरा भयको प्रहरीले जनायको छ |’अनुसन्धान कर्ताले यूरोपेली र अन्तरास्ट्रिय रुपमा अब्रिनिको विरुद्धमा वारेन्ट जारि गर्दै पक्रनको लागि फैसला सुनायका छन |’संघीय अभियोजनकर्ताका प्रवक्ता एरिक भन दर सिप्तले भने ‘उसलाई बेल्जियम र फ्रान्स सुरक्षा अधिकारीको सहायताले पत्ता लगाउन सफल भयौ |’उनीहरुका अनुसार अब्रिनी हतियारले सुसज्जित र खतरा  रहेको बतायका छन | जोसुकैले  देखेमा प्रहरी प्रसासनलाई खबर गरिदिन उनीहरुले आग्रह गरेका छन |

साइबर आक्रमण

बेल्जियम खतरामुक्त हुन् केहि समय लाग्ने बताउदै प्रधानमन्त्री चार्ल्स मिसेलले इस्लामिक स्टेट बाट साइबर आक्रमण हुन् सक्ने खतरा देखियको बतायका छन | मिसेलले यसको लागि सबै तयारी गरियको प्रस्ट पारेका  छन |उनले भने ‘बिद्यालय .मेट्रोलाइन संगै बिभिन्न अस्पतालहरु पनि उच्च जोखिम राखेका छौ यसको लागि सुरक्षाको सम्पूर्ण तयारी गरिरहेका छौ|’
त्यसै गरेर बेल्जियमकि स्वास्थ्य मन्त्रि र गृह मन्त्रीले सबै अस्पताल ,आपतकालीन सेवा तथा आगलागी क्षेत्रहरु लाइ पत्र लेखेका छन | पत्रमा सबै अस्पताल र आपतकालीन सेवाहरुले आपतकालीन योजना तथा मुख्य डाक्टर र कार्यलय प्रमुख हरुको सम्पर्क सुची तयार पार्न सूचना जारी गरेका छन |
अस्पताल ,आपतकालीन सेवा तथा आगलागी क्षेत्रहरुमा काम गर्ने सबै कर्मचारी आफ्नो परिचय पत्र सहित उपस्थित हुनुपर्ने र उनीहरुको चेक जाच गरिनेछ | केहि समय अघि जर्मनीमा भयको घटना पछि बेल्जियममा पनि सोहि प्रकारले घटना हुन् सक्ने भन्दै  स्वस्थ्य क्षेत्रमा पनि उच्च सतर्कता अपनाईयको छ |

 

hln

पेरिस घटनाका मुख्य आतंककारी सलाह अब्देसलामका कार चालक तथा पेरिस घटनामा संलग्न मोहमद अब्रिनि