महिलालाई हत्या गरी गरगहना लुट्ने पक्राउ

1.3K

महिलालाई हत्या गरी गरगहना लुट्ने पक्राउ

बुटवल, २७ असोज । महिलालाई हत्या गरी गरगहना लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल ३ ज्योतिनगर बस्ने ६६ वर्षीय टिकासरी गुरुङलाई हत्या गरेको आरोपमा मकवानपुर घर भइ बुटवल ज्योतीनगरमै डेरा गरी बस्ने ४२ वर्षीय राम लामालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
यहि असोज १७ गते लक्ष्मीनगर सामुदायिक जंगलमा बाख्रा चराउन गएको बेला लामाले गुरुङलाई मुखमा कपडा कोचेर धारीलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ । हत्यापछि उनले महिलाले कानमा लगाएको सुनको रिङ लुटेर लगेका थिए । घट्ना लगत्तै फरार गुरुङलाई प्रहरीले यही असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट पक्राउ गरी बुटवल ल्याएको हो । अभियुक्तको साथबाट हत्या गर्न प्रयोग भएको हसिया र महिलाले लगाएको सुनको रिङ समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङलाई कर्तव्य ज्यान र डाँकाचोरी मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले जानकारी दिनुभयो ।