कबिन्द्र नेपाल/
बुटवल, २ कात्तिक । छोरा कुर्दा छोरी धेरै भएका समाचार जताततै सन्न पाईन्छ । छोराको चाहनामा छोरी जन्माउने दम्पत्ती धेरै छन् । तर छोरीकालागि छोरा धेरै जन्माएको समाचार सायदै नहोला । यो सुन्दा पनि अचम्म लाग्न सक्छ ।
तर बुटवलका एक दम्पत्तीले छोरीकालागि धेरै छोरा जन्माएका छन् । सरकारले पनि जनसंख्या नियन्त्रणकालागि दुई सन्तान ईश्वरको बरदान भन्ने नारा चलाएको धेरै भईसक्यो । यति हुँदाहुँदैपनि छोराको चाहनामा धेरै छोरी जन्माउने संख्या भने कम छैन ।
तर बुटवलका एकजना प्रतिष्ठित उद्योगीले छोरीको चाहना पुरा गर्नकालागि ४ सन्तान जन्माएका छन् । सृष्टि सञ्चालनकालागि पनि छोरा–छोरी दुबैको उत्तिकै महत्व छ ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष समेत रहेका यस क्षेत्रका प्रतिष्ठित उद्योगी एजाज आलमले छोरी कै लागि ४ सन्तान जन्माउनु भएको हो । उहाँका ४ सन्तानमध्ये जेठा छोरा काठमाण्डौमा ईञ्जिनियरिङ् अध्ययन गर्दैछन् । माईला छोरा व्यबसायमा हात हालिसकेका छन् भने कान्छा छोरा अहिले बुटवलमै माध्यमिक शिक्षा लिँदैछन् । छोरीको आकाँक्षा पुरा गर्नकालागि ३ छोरा जन्माएका आलमकी ७ वर्षीय छोरी अहिले कक्षा २ मा पढ्छिन् ।
बुटवलको उजिरसिंह माध्यमिक बिद्यालयमा पढेका पूर्व बिद्यार्थीहरुको शनिबार बुटवलमा पुनर्मिलन कार्यक्रम थियो । उक्त कार्यक्रममा परिचय गर्ने र आफ्ना अनुभवहरु साटासाट गर्ने क्रममा उद्योगी आलमले उक्त तथ्यको खुलासा गर्नुभएको हो । सबैले परिचय सहित काम, पेशा व्यबसाय, पारिवारिक अवस्था भन्दै थिए । आलमको पालो आयो, पेशा व्यबसाय सबै भनेर भ्याएपछि पारिवारिक अवस्था भन्दैगर्दा ४ सन्तान हुनुको भित्रि रहस्य खोल्नु भएको हो । ‘अरुका छारा कुर्दा छोरी धेरै हुन्छन् ।’ आलमले भन्नुभयो–‘तर मेरो ठिक उल्टो भएको छ, छोरी कुर्दा छोरा धेरै भए ।’


