पूर्व बिद्यार्थीहरुको भेलाले उजिरसिंह माध्यमिक बिद्यालय भूपू बिद्यार्थी मिलन केन्द्र गठन

पूर्व बिद्यार्थीहरुको भेलाले उजिरसिंह माध्यमिक बिद्यालय भूपू बिद्यार्थी मिलन केन्द्र गठन

बुटवल, २ कात्तिक । बुटवलको उजिरसिंह माध्यमिक बिद्यालयमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको शनिबार बुटवलमा भएको भेलाले उजिरसिंह भूपू बिद्यार्थी मिलन केन्द्र बनाईएको छ । भेलाले लंक बस्नेतको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा खेम थापा, शैलेन्द्र अमात्य, आशा श्रेष्ठ, संगिता राजभण्डारी, एकनारायण पाण्डे र शान्तबिर बज्राचार्यलाई चयन गरिएको भेलामा सहभागि भूपू बिद्यार्थी हरिहर श्रेष्ठले जानकारी गराउनु भयो ।
समितिको सल्लाहकारहरुमा एजाज आलम, ज्योती भण्डारी, बिमलराज भट्टराई, अनिलप्रसाद श्रेष्ठ र योग गुरुङ्लाई चयन गरिएको छ । भेलामा आफूहरुले अध्ययन गर्दादेखि हालसम्म हासिल गरेका अनुभवहरु साटासाट गरिएको थियो ।
भेलामा सहभागि भएका सबैलाई मायाँको चिनो प्रदान गरिएको थियो । त्यस अवसरमा उजिरसिंह माबिका पूर्व बिद्यार्थीहरु एजाज आलम, ज्योती भण्डारी, बिमलराज भट्टराई, अनिलप्रसाद श्रेष्ठ र योग गुरुङ्ले मायाको चिनो प्रदान गर्दै आपसी सद्भाव र भाईचार अभिबृद्धि गर्ने गरी समयसमयमा कार्यक्रम गर्न समेत समितिलाई आग्रह गर्नुभएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •