‘एउटै बीउ : कतै पाक्यो, कतै हरियै’

‘एउटै बीउ : कतै पाक्यो, कतै हरियै’

बुटवल, ६ कात्तिक । देशका विभिन्न भागमा गुणस्तरहीन बीउका कारण धानमा बाला नलागेपछि किसानहरु चिन्तित वनिरहेको बेला रुपन्देहीमा पनि बीउ गबडा पर्दा किसानहरु निरास वनेका छन् ।
एउटै पोकाको बीउ रोपेका किसानले धान भित्राउने बेलामा एउटै गराको धान केही पाकिसके छ भने केही हरियै छ । किसानहरुले एउटै बीउको धान रोप्दा समेत यस्तो समस्या देखिएपछि धान स्याहार्न समस्या भएको गुनासो गरेका छन् ।
एउटै गराको धान कोही पाकिसकेको छ भने कोही हरियो हुँदा किसानलाई कसरी धान भित्राउने भन्ने समस्या परेको रुपन्देही सैनामैनाका कृषक राधेश्याम चौधरीले गुनासो गर्नुभयो ।
सैनामैना नगरपालिकाका कृषि अधिकृत साधुशरण यादवले किसानहरुको गुनासो आफूहरुकोमा समेत आएको बताउँदै धान खेतमा गएर निरिक्षण गर्दा सोही अवस्था देखिएको बताउनु भयो । उहाँले एउटै पोकाको बीउमा समेत केही ढिलो र केही छिटो बाला पाक्ने र डाँठ समेत हरियो र झुरो हुने समस्या देखिएको बताउनु भयो ।
रुपन्देहीको सैनामैना, कञ्चन, गैडहवा लगायतका किसानका खेतमा अहिले यो समस्या देखिएको छ । कृषि अधिकृत यादवले पोकाको भन्दा पनि बोरामा प्याक भएर आएको धानको बीउमा यस्तो समस्या देखिएको भन्दै बीउ नै गबडा परेकोले समस्या आएको बताउनु भयो ।
सैनामैनाका कृषक रमेश यादवले एउटै खेतमा रोपेको धान केही काटेको र केही बल्ल पाक्न लागेकोले हिउँदे बाली लगाउन समस्या परेको बताउनु भयो । सैनामैनाका कृषि अधिकृत यादवले कृषकहरुको यो समस्या सम्वन्धित निकायसम्म पु¥याउने बताउँदै बीउमा समस्या आएकोले अर्को बर्ष खुल्ला बोरामा आउने बीउ नरोप्न सुझाव दिनुभयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •