बुटवल, १६ कात्तिक । एक्टिभ शोसियल सर्कल अफ नेपाल (एस्कोन) रुपन्देहीले शनिबार नेपाल अपांग आश्रममा आश्रीत अनाथ तथा अपांगता भएका व्यक्तिहरुलाई खाना खुवाएको छ ।
एस्कोन रुपन्देहीका खध्यक्ष खिलेन्द्र सिंह जिसीको जन्मदिनको अवसर पारेर संस्थाले आश्रममा रहेका ३२ जना अनाथ तथा अपांगता भएका व्यक्तिहरुलाई खाना खुवाएको हो । सधैभरी रेखदेख गर्न नसकिएपनि कुनै विशेष दिन अनाथ व्यक्तिहरुलाई सेवा गरौं भन्ने भावले खाना खुवाउने कार्यक्रम गरिएको अध्यक्ष जिसीले बताउनु भयो । आफूले जस्तै सबैले बिशेष दिनमा यस्ता आश्रमहरुमा खाना खुवाउने या कुनै यस्तै कार्यक्रम राख्ने हो भने अनाथ व्यक्तिहरुलाई पनि आफ्ना अभिभावक भएको महशुस हुने उहाँले बताउनु भयो ।
नेपाल अपांग आश्रम बुटवल उपमहानगरपालिका ११ देवीनगरका अध्यक्ष डोरबहादुर रामदामले जन्मदिनको अवसरमा आश्रममा आएर खाना खुवाएकोमा धन्यवाद व्यक्त गर्दै सबैको यस्तै सहयोगबाट नै आश्रम सञ्चालन भएको बताउनु भयो ।
त्यस अवसरमा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार नारायण नेपाल, पूर्व अध्यक्ष केदार खनाल, निवर्तमान अध्यक्ष डिपि खनाल, संस्थाका पदाधिकारी तथा सदस्यहरुले जन्मदिनको शुभकामना सहित आश्रममा आश्रीत अनाथ तथा असाहाय व्यक्तिहरुको सरल जिवनको शुभकामना व्यक्त गर्नुभएको थियो ।


