मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोईराला

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोईराला

बुटवल, १७ कात्तिक । सरकारले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।
मुटुरोग विशेषज्ञ डाक्टर कोइराला त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग निवाहरण केन्द्रका निर्देशक हुनुहुन्थ्यो । डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटिले सिफारिस समेत गरेको थियो ।
त्यस्तै मन्त्रिपरिषद बैठकमा विभिन्न मेडिकल कलेजहरुले जथाभावी शुल्क लिएको तथा विरोध भइरहकाले त्यसबारे उपयुक्त निर्णय लिन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •