बुटवल उवासंघमा गुणस्तर प्रमाणिकरण सम्बन्धि तालिम

बुटवल उवासंघमा गुणस्तर प्रमाणिकरण सम्बन्धि तालिम

बुटवल, १८ कात्तिक । बुटवल उद्योग बाणिज्य संघले पदाधिकारी, कार्यसमिति सदस्य तथा कर्मचारीलाई गुणस्तर प्रमाणिकरण सम्बन्धि तालिम प्रदान गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघ अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आई.एस.ओ.) ९००१ः२००८ प्राप्त गरेको थियो । प्राप्त भएको गुणस्तर मापदण्डलाई स्तरबृद्धि गर्नकालागि अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आई.एस.ओ.) ९००१ः२०१५ सम्बन्धि एक दिने तालिम सञ्चालन गरिएको हो ।
तालिममा सफ्ट–टेक सि.आई. प्रालि काठमाण्डौका जनार्दन घिमिरेले सहजिकरण गर्नुभएको थियो । तालिममा आईएसओको महत्व, यसको उपादेयता, आईएसओ प्राप्त गर्ने आधारहरु लगायतका विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
तालिमको समापन गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गुणस्तर प्रमाण प्राप्त हुँदा अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने भएकाले सोही अनुसार संघले आईएसओ स्तरबृद्धिकालागि तालिम सञ्चालन गरिएको बताउनु भयो । उहाँले यस कार्यमा सबैको साथ सहयोगको समेत अपेक्षा व्यक्त गर्नुभयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •