प्रदेश पाँचका नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदबहाली

1.8K

प्रदेश पाँचका नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदबहाली

बुटवल, २० कात्तिक । प्रदेश पाँचका नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादवले पदबहाली गर्नुभएको छ । गत सोमबार प्रदेश प्रमुखमा नियुक्त प्रदेश प्रमुख यादव बुधबार कार्यालयमा आएर पदबहाली गर्नुभएको हो । नवनियुक्त प्रदेश प्रमुखहरुले मंगलबार राष्ट्रपतिसमक्ष सफत ग्रहण गर्नुभएको थियो । नवनियुक्त प्रदेश प्रमुख यादव बुधबार अपरान्ह काठमाण्डौबाट प्रदेशको राजधानी बुटवल आउनुभएको थियो । उहाँलाई प्रदेश प्रमुख कार्यालयमा संक्षिप्त स्वागत कार्यक्रम समेत गरिएको थियो ।