अन्तर्राष्ट्रिय मानवअधिकार दिवशमा नेपाल बारले बुटवलमा ‘मानव अधिकार राष्ट्रिय गोष्ठि’ गर्ने

अन्तर्राष्ट्रिय मानवअधिकार दिवशमा नेपाल बारले बुटवलमा ‘मानव अधिकार राष्ट्रिय गोष्ठि’ गर्ने

बुटवल, २० कात्तिक । प्रत्येक वर्ष नेपाल बार एशोसियशनले अन्तर्राष्ट्रिय मानवअधिकार दिवश १० डिसेम्बरमा गर्दै आएको ‘मानव अधिकार राष्ट्रिय गोष्ठि’ आगामी मंसिर २४ र २५ गते बुटवलमा गर्ने भएको छ ।
उच्च अदालत बुटवल बार एशोसियशन अन्तरगतका कानुन व्यबसायीहरुको भेलाले उक्त गोष्ठि तथा केन्द्रीय कार्यकारिणी परिषदको बैठक सम्पन्न गर्नकालागि बुटवल बार एशोसियशनका अध्यक्ष जोगबहादुर खत्रीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।
भेलाले नेपाल बार एशोसियशनको आयोजना र उच्च अदालत बुटवल बार एशोसियशनको आतिथ्यमा हुने उक्त गोष्ठि तथा परिषद बैठक सम्पन्न गर्नकालागि गठित मुल समितिको सदस्यहरुमा बरिष्ठ अधिवक्ताहरु नेत्रबहादुर नेपाल, हरिप्रसाद पाण्डे, बेनबहादुर पौडेल, शालिकराम वञ्जाडे, दिलबहादुर शाहनी, तेजप्रसाद कंडेल, बिनोद गौतम र प्राध्यापक डा. बुद्धबहादुर थापालाई चयन गरेको छ ।
त्यस्तैगरी अधिवक्ताहरु कमलप्रसाद मलेगो, सुर्यप्रसाद श्रेष्ठ, नन्दराम भण्डारी, बाबुराम पाण्डे, महेन्द्रप्रसाद पाण्डे, घनश्याम पन्त, गोकर्णसिंह थापा, कालिदास शर्मा, मीना पाण्डे पन्थ र खणनन्द भण्डारीलाई मुल आयोजक समितिको सदस्यहरुमा चयन गरिएको छ । मुल आयोजक समितिको सदस्य सचिवमा बुटवल बार एशोसियशनका सचिव गोबिन्दप्रसाद मरासिनीलाई चयन गरिएको छ भने विषयगत उपसमितिहरु आवश्यकता अनुसार मुल समितिले गठन गर्ने सदस्य सचिव मरासिनीले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवशको अवसर पारेर आयोजना गरिने उक्त गोष्ठिमा मानवअधिकारका सवालमा सरकारले गरेका कामको समिक्षा गरिने र कानुनी राज्यको स्थापनाकालागि सरकारलाई सचेत गराईने बुटवल बार एशोसियशनका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक जोगबहादुर खत्रीले जानकारी गराउनु भयो ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares