नेपाली भूमिको विषयमा गम्भिर नभए सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी

नेपाली भूमिको विषयमा गम्भिर नभए सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी

बुटवल, २१ कात्तिक । भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भू–भाग अतिक्रमित भएको भन्दै ततकाल भारतीय समकक्षीसंग कुटनीतिक वार्ता गरि समस्याको समाधान निकाल्न सरकार गम्भिर हुनु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् ।
ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गरि भारत सरकारसँग अविलम्व वार्ता गर्न र कूटनीतिक ढंगले समस्या समाधान गरि नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डाताको रक्षा गर्न नेपाल सरकार जिम्मेवारी र गम्भिर रुपमा लाग्न वक्ताहरुले माग गरेका थिए । रिपोटर्स क्लव प्रदेश पाँचले विहिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्ने वक्ताहरुले राष्ट्रियता र सामरिक महत्व भएको विषयमा सरकार गम्भिर नभए सरकार विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
कार्यक्रममा सीमा जानकार तथा नेकपाका नेता साध्यबहादुर भण्डारीले लिपुलेकदेखि लिम्पियाधुरासम्म ३७ हजार २ सय हेक्टर जमिन रहेको र भारतले नियतबस नेपाली भू–भाग अतिक्रमण गरेकाले सरकारले कुटनीतिक रुपमा पहल गरि नक्साबाट हटाउन लगाउनु पर्ने बताउनु भयो । उहाँले भारतले लिपुलेक मात्र नभई सुस्ता, गण्डाचौकी लगायतका ५३ स्थानमा नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै दुई तिहाईको सरकारले स–प्रमाण भारतसंग कुटनीतिक वार्ता गर्न आग्रह गर्नु भयो ।
सरकारले सुर्यनाथ उपाध्याय र ईपीजीओको प्रतिवेदन सार्वजनिक गरि भारतसंग कुटनीतिक सम्बन्ध र क्षमता भएका व्यक्तिको समुहलाई प्रयोग गरेर भए पनि समाधान निकाल्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
भारतले अन्र्तराष्ट्रिय रुपमा छवी राम्रो देखाउन पनि नक्सालाई परिवर्तन गर्न जरुरी रहेको नेता भण्डारीले बताउनु भयो । कार्यक्रममा प्राध्यापक दिल शाहनीले सरकारले जिम्मेवारी पूर्वक कुटनीतिक रुपमा पहल गर्नु पर्ने भन्दै त्यती गर्दा पनि भारतीय सरकारले नसुने अन्तर्राष्ट्रिय रुपमा ऐजेन्डा बनाउनु पर्ने बताउनु भयो ।
अधिवक्ता महेन्द्र पाण्डेले नेपाली भूमी अक्तिक्रमण राष्ट्रियताको विषय भएकाले कुटनीतिक रुपमा पहल गरि समाधान निकाल्नु पर्ने भन्दै सरकार गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो । लेखक ऋषि आजादले सरकार यस विषयमा खुट्टा नकमाई भारतीय समकक्षीसंग कुटनीतिक पहल गरि समाधानका वार्ता गर्नुपर्ने धारणा राख्नु भयो ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares