भारतीय हेपाहा प्रवृतिको काँग्रेसद्वारा बिरोध : डटेर बिरोधमा उत्रिन कार्यकर्तालाई अपिल

भारतीय हेपाहा प्रवृतिको काँग्रेसद्वारा बिरोध : डटेर बिरोधमा उत्रिन कार्यकर्तालाई अपिल

बुटवल, कार्तिक २३ । भारतले भर्खरै नेपाली भू–भागलाई समेत समेटेर नक्सा सार्वजनिक गरेको विषयमा नेपाली काँग्रेस रुपन्देहीले विरोध तथा भत्सर्ना गरेको छ । नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भुगोललाई भारतले आफ्नो नक्सामा पार्नु गंभीर आपत्तीजनक भएको नेपाली काँग्रेस रुपन्देहीको शनिबार भैरहवामा बसेको बैठकले ठहर गरेको हो ।
वैठकपछि जिल्ला सभापति अब्दुल रज्जाकद्वारा जारी विज्ञप्तीमा भारतीय हेपाहा र मिचाहा प्रबृतिको डटेर विरोधमा उत्रिन कार्यकर्तालाई अपिल गरिएको छ । विज्ञप्तीमा राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताको सवालमा दलगत स्वार्थभन्दा माथि उठेर प्रतिवाद गर्न र प्रभावकारी कुटनितिक पहलका लागि सक्रियता देखाउन सरकारलाई समेत आग्रह गरिएको छ । राष्ट्रियताको सवालमा सबै नेपाली एक ठाउमा उभिनुपर्ने भन्दै त्यसका लागि सरकारले जनताको भावना र चाहना अनुसार कदम चाल्न समेत अपिल गरिएको छ ।
जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्व तथा सचिव रामकृष्ण खाँणको संचालनमा बसेको बैठकले भारतले नक्सा नसच्चाउँदासम्म अविच्छिन्न आन्दोलन जारी राख्ने निर्णय समेत गरेको छ ।

Share This
  • 417
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    417
    Shares