‘हाईज्याकिङ फर डेमोक्रेशी’ बृतचित्र प्रदर्शन हुने

‘हाईज्याकिङ फर डेमोक्रेशी’ बृतचित्र प्रदर्शन हुने

बुटवल, २३ कात्तिक । विपी विचार राष्ट्रिय समाज रुपन्देहीले हाईज्याकिङ फर डेमोक्रेशी नामक बृतचित्र प्रदर्शन गर्ने भएको छ । देशमा प्रजातन्त्र र लोकतन्त्र ल्याउनका लागि विपी लगायतका नेताहरुले गरेको अथक योगदानका विषयमा जानकारी गराउने उदेश्यले राजनीतिक विषयवस्तु समेटिएको बृतचित्र प्रदर्शन गर्न लागिएको समाजका जिल्ला अध्यक्ष शरद भट्टराईले बताउनु भयो ।
बुटवलको मिलन चलचित्र हलमा मंसिर ३० गते प्रदर्शन गरिने डकुमेन्ट्रीका अवलोकनका लागि टिकट दर १ हजार रुपैया राखिएको छ । प्रजातन्त्रका लागि चलिरहेको आन्दोलनका वेला २०२८ सालमा विराटनगरबाट काठमाडौं जाँदै गरेको जहाज कांग्रेस नेताहरुले अपहरण गरेका थिए । उक्त जहाजवाट लुटिएको पैसा आन्दोलन परिचालनका लागि खर्च गरिएको थियो । वृत्त बृतचित्र निमार्णको काम बसन्त भट्टराईले गर्नुभएको हो ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares