समाचारको विषयलाई लिएर पत्रकार लम्साललाई धम्की, प्रेस युनियनको ध्यानाकर्षण

662

समाचारको विषयलाई लिएर पत्रकार लम्साललाई धम्की, प्रेस युनियनको ध्यानाकर्षण

काठमाडौं । योहो टेलिभिजनका समाचार प्रमुख तथा नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साललाई समाचारको विषयमा आएको धम्कीप्रति नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

योहो टेलिभिजनमार्फत कात्तिक १६ गते प्रसारण भएको क्राइम विशेष कार्यक्रममा प्रसारित सामाग्रिलाई लिएर ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरका रजत श्रेष्ठले लम्साललाई धम्की दिएका हुन । ब्लुक्रस हस्पिटलमा उपचाररत एकजना विरामीको उपचारका क्रममा मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विरामीका आफन्त तथा हस्पिटलको उपचार प्रकृयालाई लिएर टेलिभिजनमा कार्यक्रम प्रस्तुत गरिएको थियो । यसै विषयलाई लिएर हस्पिटलका रजत श्रेष्ठले लम्साललाई ज्यान लिनेसम्मको धम्की दिएका हुन ।

लम्साललाई आएको धम्कीलाई लिएर युनियनले निकालेको विज्ञप्तीमा भनिएको छ ‘समाचारका विषयमा असहमति जनाउने विधि र प्रक्रिया हुँदा हुँदै अस्पतालको जिम्मेवारीमा रहेका नीज श्रेष्ठ सञ्चारकर्मीलाई धम्क्याउन उद्यत हुनुले उनको तथा अस्पतालको कमजोरीलाई समेत प्रदर्शन गरेको छ ।’

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्धारा हस्ताक्षरित विज्ञप्तीमा धम्की दिने अस्पताललाई कारबाहीको माग समेत गरिएको छ । यदी धम्की दिनेलाई कारबाही नगरे युनियनले आन्दोलन गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।