रुपन्देही व्यापार संघमा निर्बिरोध नयाँ नेतृत्व चयन

852

रुपन्देही व्यापार संघमा निर्बिरोध नयाँ नेतृत्व चयन

बुटवल, २८ कात्तिक । रुपन्देही व्यापार संघको आगामी कार्यकालकालागि सबै पदमा निर्बिरोध भएको छ । संघको आगामी कार्यकालकालागि अध्यक्ष पदमा यमलाल लोहोनी निर्बिरोध निर्वाचित हुनु भएको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितीय उपाध्यक्षमा प्रकास ढकाल यस अंगाडी नै निर्बिरोध निर्वाचित भईसक्नु भएको थियो ।
संघको महासचिव लगायतका पदमा आवश्यक भन्दा बढी उम्मेदवारी परेपनि अन्तिम समयमा बढी परेका उम्मेदवारी फिर्ता भएपछि सबै पदमा निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघको महासचिव पदमा दयानिधी भण्डारी, कोषाध्यक्ष पदमा दिपकप्रसाद अधिकारी, सचिवमा नामदेव पाण्डे, सहसचिवमा फर्सुराम पन्त र सहकोषाध्यक्ष पदमा ऋषिराम पाण्डे निर्बिरोध निर्वाचित हुनु भएको हो ।
त्यसैगरी खुल्ला कार्यसमिति सदस्य पदमा मनिराम खनाल, मेघनाथ पौडेल, लक्ष्मण ज्ञवाली, रितेश ज्ञवाली, बिनित भट्टराई, बृन्दा भट्टराई आचार्य, मनिमदिन मियाँ, ठाकुरप्रसाद आचार्य, बिष्णुप्रसाद घिमिरे, झबिन्द्र अधिकारी, अर्जुनप्रसाद भट्टराई, मनहरी बस्याल, गेहेन्द्रराज न्यौपाने, शोभाकुमारी क्षेत्री (जोशी), प्रकाश पौडेल, बालकृष्ण बस्याल निर्बिरोध निर्वाचित हुनु भएको प्रमुख निर्वाचन आयुक्त यमलाल खनालले जानकारी गराउनु भएको छ । त्यस्तै सम्वद्ध शाखाबाट सम्वद्ध सदस्य हरिबहादुर गहतराज, सालझण्डीबाट खिमानन्द पोखरेल, सेमलारबाट पूर्णप्रसाद काफ्ले र फर्साटिकरबाट रेशमलाल उपाध्याय निर्बिरोध निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
यस अंगाडी संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले बुटवल भैरहवा क्षेत्रमा आर्थिक अपराध बढेको औंल्याउनु भएको थियो । उहाँले आर्थिक अपराधको जग कर नतिरेको आय भएको प्रष्ट पार्नुभयो । बैकिङ कारोबारमा नजाने र मिटर ब्याज खाने प्रबृत्ति रहेको बताउँदै उहाँले मिटर ब्याज अपराधको कारण बनेको उल्लेख गर्नुभयो । त्यसले सुरुमा लाभ भएपनि पछि ट्रयापमा पर्ने गरेको उहाँले बताउनु भयो । उहाँले जसलाई प्रयोग गरेर रकम उठाउन लगाइन्छ, उनी नै पछि लुटेरा समुह बन्नेगरेको बताउँदै यसलाई व्यवसायीले निरुत्साहित गर्न पनि सुझाव दिनुभयो ।
मुख्यमन्त्री पोखरेलले बुटवलको राजमार्ग चौराहा—चिडियाखोला सडक बिस्तारमा ब्यवसायीकै नेतृत्वमा अदालतमा मुद्धा हालिनु दुःखद् भएको बताउनु भयो । सडक विस्तारमा सहयोगको आग्रह गर्दै उहाँले सडक बिस्तारका बिरुद्धमा हालेका मुद्धा फिर्ता लिन आग्रह गर्नुभयो ।