बिकास तथा प्रकोप व्यबस्थापन केन्द्रमा पुनः घिमिरे

583

बिकास तथा प्रकोप व्यबस्थापन केन्द्रमा पुनः घिमिरे

बुटवल, ३० कात्तिक । बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र (सिडिएम) नेपाल बुटवल रुपन्देहीको सातौं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार बुटवलमा भएको अधिवेशनले पुनः बिनोद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सरस्वती बराल, महासचिवमा ताराप्रसाद काफ्ले, सचिवमा गंगाराज सापकोटा, कोषाध्यक्षमा सरीता बेलबासे र सदस्यहरुमा शशिराज वेलबासे, प्रदिपकुमार तिवारी, विजयलक्ष्मी राय र शिवनाथ मिश्र निर्बिरोध निर्वाचित हुनु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हरिसिंह धामीले संघसंस्थाले रिजल्ट ओरिन्टेड भएर काम गर्ने हो भने मुलुकको बिकास र समृद्धिमा पनि योगदान पुग्ने बताउनु भयो । उहाँले कतिपय कानु निर्माणका क्रममा विशेषज्ञताको अभावमा कानुन बाझिने गरी काम भएको उल्लेख गर्दै कानुन निर्माणमा गहिरो अध्ययन र बिशेषज्ञ परामर्श हुनुपर्ने भनाई राख्नुभयो ।
उपसचिव धामीले संस्था दर्ता गरेर गतल काम गर्नेलाई कारवाही हुने बताउँदै उद्देश्य अनुरुपका काम गर्न पनि आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष बिनोद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शाखा अधिकृत रामप्रसाद अर्याल, सम्मरीमायी गाउँपालिकाका प्रशासकीय प्रमुख टेकराज भट्टराई, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष गोबिन्दप्रसाद रेग्मी, संस्थाका कानुनी सल्लाहकार अधिवक्ता बाबुराम पाण्डे, प्रेस सल्लाहकार पत्रकार भवानीप्रसाद पाण्डे, पूर्व अध्यक्ष चम्पक भट्टराई, उपाध्यक्ष सरस्वती बराल, सचिव ताराप्रसाद काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसै अवसरमा संस्थाले सञ्चालन गरेको सामुदायिक उत्थानशिल कार्यक्रमका कार्यक्रम प्रवन्धक बिजयसिंह ठकुरी, विपद् प्रतिकार्य तथा पुनर्लाभ परियोजनाका लेखा तथा प्रशासन अधिकृत माधव घिमिरे तथा सामाजिक परिचालकहरु प्रदिपकुमार तिवारी र शारदाकुमारी चौधरीलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।