पश्चिमाञ्चल यातायात समितिद्वारा मृतक व्यबसायीका परिवारलाई राहत प्रदान

374

पश्चिमाञ्चल यातायात समितिद्वारा मृतक व्यबसायीका परिवारलाई राहत प्रदान

पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफनो संस्थामा आवद्ध सवारी धनीको मृत्यु भएकोले परिवारलाई राहात प्रदान गरेको छ ।
समितिमा आवद्ध लु १ ख ९८८५ नम्बरका सवारी धनी साविक चिलिया ३ रुपन्देहीका स्वर्गीय उमेशबहादुर ठकुरीको परिवारलाई १२ लाख रुपैंया राहत रकम प्रदान गरेको हो । उहाँको गत भदौ २० गते बाथरुपमा जम्मा भएको पानीलाई बाहिर फाल्नकालागि विद्युतीय मिटर जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।
करेन्ट लागेर मृत्यु भएको थियो । मितिले स्थापना गरेको सवारी धनी राहात कोषवाट २ लाख र विमाबाट प्राप्त १० लाख गरि कुल १२ लाख रुपैयाँ प्रदान गरिएको समितिका अध्यक्ष यमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
समितिले मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरि मृतक ठकुरीकी श्रीमती गीता ठकुरीलाई सो रकम प्रदान गरिएको महासचिव जितबहादुर भाटले बताउनु भयो ।