मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्नकालागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा मन्त्रिपरिषद हेरफेरबारे छलफल हुने बताईएको छ ।
यस अंगाडी नेकपा अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गर्नु भएको थियो । त्यस अंगाडी अध्यक्ष द्वयबिच छलफल समेत भएको थियो । प्रधामन्त्री ओली आजै मन्त्रिपरिषद हेरफेरको तयारीमा रहेको नेकपाल स्रोतले जनाएको छ ।
